गाउँमा लेकवेशी गरेकी धना लामा जव जापानमा कलेजकैं उत्कृष्ट भएर ग्राज्युएशन भईन
बलराम लामा, जापान । दोलखाकी धना लामा जापानिज, चाईनिज, भियतनामी लगाएतका विद्यार्थीहरूलाई पछी पारी क्याम्पसको अनुशासन, योग्यता र हाजिरमा सर्वोत्कृष्ट क्षमता प्रदर्शन गर्दै कलेज फष्ट हुन सफल भएकी छिन ।
टोक्योस्थित ओच्यानोमिजु स्कुल अफ बिजनेश आइटी अध्ययन गरेका धना लामा जापान आएको ३ बर्ष ६ महिना मात्र भएको छ ।
जापानी भाषिक स्कुलमा १८ महिना पढेर कलेज छिरेका उनले केलजमा सतप्रतिशत हाजिरी भईएकी थिईन । जापानी भाषा लेवल एन वान पास गरेकी उनी कलेजकै सबैभन्दा अनुशासित पनि थिईन । यो मात्र हैन सबैभन्दा धेरै बिषयगत योग्यता परिक्षाहरूको प्रमाणपत्र लिने विद्यार्थीमा पर्छिन धना लामा ।
उक्त कलेजमा ३ बर्ष अगाडीसम्म जापानिज विद्यार्थी मात्र पढ्ने गरिन्थ्यो । बिदेशी विद्यार्थी पनि पढाउने ब्यबस्था सुरु गरेपछि अहिलेसम्म जापानिज विद्यार्थीले मात्र मेडल जितीरहेको थियो । तर यसपाली बिदेशी विद्यार्थी नेपालकी धना लामा त्यो मेडल खोष्न सफल भएकी छिन ।
छात्रबृत्ति समेत पाएका समेत आफ्नो पोल्टामा पार्न सफल धना लामा कलेज ग्राज्युएशन सेर्मोनीको दिन मन्तब्य राख्ने बेला निकै भाबुक भएकी थिईन । बाल्यकालमा बुबासंग लेकमा गाई गोठालो जाँदा कैयौं पटक जंगलमा बास बसेको दुःखद दिनहरू सम्झिदा अहिलेको सफलताले खुशी भएको बताउने उनी जापानमा थोरै समयमा प्राप्त गरेको शिक्षक शिक्षिकाको माया र साथीसंगीको प्रेमबाट टाढिने मन नहुँदै छुट्नु पर्दा धेरै नरमाइलो लागेको बताउछिन ।
हरेक कुरामा अनुभब बिहीन उनी आफैंमा संघर्षको कथा बनेकी छिन । उमेरले २१ बर्ष भएकी उनी धेरै पढ्ने इच्छा ब्यक्त गर्छिन तर आर्थिक अभाबको कारण पढाईलाई छोडेर काम गर्ने सोचाईमा पुगेको उनी बताउछिन ।
गोठालो गर्दै गर्दा बुबाको घुँडा दुखाईको समस्याले अहिले काम गर्न नसक्ने भएका बुबाको उपचारको चिन्ता त छदै छ । यता परदेशमा कोरोनाको कारण जागिर नपाईरहेको चिन्ता पनि त्यतिकै छ र कामको खोजीमा छिन ।
उनी भन्छिन हेरौं अब परिस्थितिले साथ दियो भने जापानमैं पिएचडी गर्ने रहर पनि छ । तर आभाब नै आभाबमा छु सके पुरा गरौंला नसके यतिमै चित्त बुझाउनु पर्ने धना लामाले बताइकी छन् ।
साभार मातृसन्देश
March 22, 2021 1:33 pm | टप,फोटो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला