जोर्डनका राजकुमार भन्छन्, ‘मलाई नजरबन्दमा राखियो’
राजकुमार हम्जाह बिन हुसेनमाथि सरकारविरुद्ध षड्यन्त्र गरेको आरोप
अम्मान — जोर्डनका राजकुमारमाथि आदिवासी नेताहरू परिचालित गरेर सरकारविरुद्ध षड्यन्त्र गरेको आरोप लागेको छ । उपप्रधानमन्त्री आयमन सफरीले राजकुमार हम्जाह बिन हुसेनले ‘विदेशी शक्तिहरूसँग साँठगाँठ गरेर’ देशलाई अस्थिर बनाउन क्रियाशील रहेको आरोप लगाएका हुन् ।
यसअघि युवराज हुसेनले ‘आलोचकहरूलाई कारबाही गर्ने सिलसिलामा आफूलाई घरमै नजरबन्दमा राखिएको’ बताएका थिए । यसअघि जोर्डनको सेनाले राजकुमार हुसेन नजरबन्दमा रहेको समाचार अस्वीकार गरेको थियो ।
हुसेनले आफूमाथिका आरोप अस्वीकार गर्दै देशका नेताहरू अक्षम भएको बताएका छन् । उनका कानुन व्यवसायीले बीबीसीलाई उपलब्ध गराएको एक भिडियोमा हुसेनले देशका नेताहरूलाई भ्रष्टाचार, अक्षमता र दुव्र्यवहारको आरोप लगाएका हुन् । हुसने जोर्डनका राजा अब्दुल्लाह द्वितीयका सौतेनी भाइ हुन् ।
‘आज बिहान जोर्डनको सशस्त्र फौजका प्रमुखले भेटेर मलाई बाहिर जान नपाइने, मानिसहरूसँग संवाद तथा भेटघाट गर्न नपाइने बताए । म उपस्थित हुने बैठक वा सामाजिक सञ्जालका सूचनाले सरकार वा राजाको आलोचना भएको बताए । सरकारलाई अवरोध पुर्याउने, भ्रष्टाचार र १५ देखि २० वर्षयता हाम्रो राज्य प्रणालीमा देखिएको अक्षमताका लागि म जिम्मेवार व्यक्ति होइन,’ भिडियोमा उनले भने ।

साभार कान्तिपुर |
April 5, 2021 12:20 pm | टप,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी