रुपन्देहीमा बसको ठक्करबाट प्युठानका दुई युवाको ज्यान गयो
5 years अगाडी
manoj Thapa
April 11, 2021 9:40 pm | समाचार,स्वास्थ्यरुपन्देही – रुपन्देहीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा प्युठानका दुई युवाको ज्यान गएको छ ।
पूर्वबाट पश्चिम जाँदै गरेको ना ६ ख ९४१ नम्बरको बसले लु २४ प ९७६८ नम्बरको मोटरसाइकललाई आइतवार बिहान सालझण्डीमा ठक्कर दिँदा प्युठानको झिमरुक गाउँपालिका १ सौतामारेका २१ वर्षका सञ्जय खनाल र वडा नम्बर १ आहालेका फिरोज केसीको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
दुवै जना बुटबलमा उच्च शिक्षा पढ्दै थिए । उनीहरू गए राति साथीको कोठामा पढ्न भनेर सालझण्डी गएका थिए । आइतवार बिहान बुटबल फर्कने क्रममा बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
साभार उज्यालो |
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
Loading...