

कुवेत : गैरकानुनी भएका श्रमिकलाई कानुनी अवस्था सच्याउन म्याद थप, नसच्याए ‘डिपोर्ट’ गरिने

काठमाण्डौ – कुवेतले त्यहाँको आवासीय कानुन उल्लङ्घन गरेका विदेशी नागरिकलाई वैधानिकता कायम गर्ने अवधि (ग्रेस पिरेड) थप गरेको छ ।
अघिल्लो पटकको म्याद गएको बिहीबार सकिएसँगै कुवेतले फेरि एक महिना समयावधि थप गरेको गल्फ न्युजले जनाएको छ । थप गरिएको समयावधि मे १५ भित्रमा आफ्नो कानुनी अवस्था सच्याउन कुवेतले आग्रह गरेको छ । यो समयभित्र पनि आफ्नो कानुनी अवस्था नसच्याउनेहरुलाई कारबाही गरिने तथा जरिवाना तिराइने त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
उनीहरुको आवासीय भिसा रद्द गरिने, देश निकाला गरिने तथा पछि फेरि फर्केर आउन नमिल्ने गरी देश निकाला गर्ने जनाइएको छ । कुवेतले अहिलेसम्म चार पटक यो अवधि बढाइसकेको छ । गएको वर्ष मार्चमा कोरोना भाइरसको महामारी सुरु भएसँगै कुवेतले यस्तो अवसर दिन थालेको हो । कुवेतमा रहेका र अवैधानिक बनेका नेपाली श्रमिकले पनि याे अवसरकाे फाइदा लिन सक्नेछन् ।
कुवेतमा अवैधानिक भएर बसेका आप्रवासी यति नै छन् भन्ने कुनै तथ्यांक नभए पनि अघिल्लो वर्ष कुवेतमा भिसा उल्लंघन गरेका एक लाख जना जति आप्रवासी रहेको जनाइएको छ ।
साभार उज्यालो |

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै गाडी बगायो, त्रिशूली नदीमा बाढीको जोखिम

महिला एशियन कप छनोट : निर्णायक खेलमा नेपाल उस्वेकिस्तानसँग पराजित

अमेरिकाकाे टेक्सासमा बाढी : २४ जनाकाे ज्यान गयाे, ४५ मिनेटमै ग्वाडालुपे नदीको सतह २६ फिटले बढ्याे

ग्लोबल आईएमई क्यापिटलले ‘समुन्नत योजना २’ इकाइ सार्वजनिक निष्काशनमा ल्याउँदै

