

नयावर्ष २०७८ र नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिवशको अवसरमा शुभकामना आदन प्रदान

क्यानाडा, नेपाली नया वर्ष २०७८ र नेपाली कांग्रेसको प्रमुख भातृ संघठन नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिवशको अवसरमा नेपाली जनसंपर्क समिती क्यानाडाका पूर्व महामन्त्री निरन्जन थापाले आयोजना गरेको शुभकामना आदन प्रदान कार्यक्रम जुम भर्चुअल भेला सम्पन भएको छ ।
नेपाली काङ्ग्रेसका केन्दिय सदस्य, पूर्व मन्त्रि एवं नेविसंका पूर्व महामन्त्रि वीर बहादुर बलयरको प्रमुख आतिथ्यमा क्यानडिअन समय अनुसार बिहिवार बेलुका भएको शुभकामना आदन प्रदान जुम भर्चुअल कार्यक्रममा बिभिन्न संघठनमा आबद्ध युवा नेताहरुको बाक्लो सहभागि रहेको थियो ।
कार्यक्रममा प्रमुख अथितिको आसनबाट बोल्दै बलायरले प्रधानमन्त्री ओलिले लोकतन्त्रको रक्षा गर्न नसक्ने भन्दै पार्टीलाई चिराचिरा बनाएर दुनिया सामु रमिता देखाएका ओलीले स्थायीत्व र देशको लोकतन्त्र रक्षा गर्न नसक्ने दाबी गरेका हुन।आफ्नै पार्टी एकताबद्ध गर्न नसक्नेले सिङ्गो देशलाई एकताबद्ध गर्न नसक्ने आरोप लगएका छन ।
प्रधान मन्त्रिका पूर्व सल्लहकार शम्भु प्रसाद धमलाले विछर र सोंचले युवा हुनु पर्ने भन्दै अमेरिकाको रास्टपति जो बाइडनको उदाहरण दिनु भएको थियो। नेविसङका पूर्व सभापति रन्जित कर्णले पार्टीको बिधि र बिधान अनुरुप आफु चल्ने भएकोले आफुलाइ ४५ बर्ष नाघि सकेकोले कसैले पनि युवा भनेर सम्बोधन नगरिदिन आघ्रह गर्नुभयो।
त्यस्तै नेपाल तरुणदलका क्षेत्रिय सदस्य दिपेन्द्र पोखरेलले स्वागत मन्तव्य दिने क्रममा नेपाली कांग्रेसको संघठनलाई अझ बलियो बनाएर लैजानु पर्नेमा जोड दिनुभयो । नेपाल तरुणदलका पुर्ब केन्द्रिय सचिब जन्मजय तिमल्सिनाले भात्री संगठन लङगडो बनाउनु पार्टीको लागि दुर्भाग्य हुने बताउनुभयो ।
कार्यक्रममा नेबिसंघकी महामन्त्री महेश्वरी कुंवर र नेविसं पुर्ब केन्द्रिय सदस्य हिमाल दत्त श्रेद्ठले पनि बिशिस्ट अतिथिको रुपमा मन्तब्य राख्नु भएको थियो।
साथै उक्त कार्यक्रममा एन आर एन ए क्यानडाका पूर्व सभापति अनिल थापा, पूर्व सभापति गोपि क्रिष्न काफ्ले, जीपी फाउन्डेसनका सभापति तुल्सी पौडेल, उप सभापती ग्यान गौतम, महा-मन्त्रि बिध्या भुसन कार्की,महिला चौतारीकी चिएर पर्सन गिता दवाडि, नेपाली समाज कुबेकका सभापती प्रमेशन गुप्ता, जिल्ला युवा समिति पूर्व अदक्ष राजिव लम्मिछने, राप्ति गाउपालिका सभापति अशिश पौडेल, नेबिसं यु केका पूर्व सभापति कुशल घिमिरे, बिश्वो भासा क्याम्पुसका पूर्व सभापति केशब कोइराला, नेविसं देउखुरी बहुमुखी क्याम्पुसका पूर्व इकाइ सभापती मदु थापा, नरायन पोख्रेल्, पद्मा पराजुली, महिला नेत्री सुनिता केसी, नेवि सङका नेता सुमन पौडेल ज्युहरुले आफ्नो मन्तव्य पस्कनु भएको थियो भने केदार बस्नेत, आगमन खवरका बिशाल राइ, सुजन भट्ट, मुकुन्द साप्कोता लगायत अन्य अतिथिगणहरुको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रमको सन्चालन युवा नेता राम्क्रिष्णज्युले गर्नु भएको थियो भने उक्त कार्यक्रमका सभापती जनसम्पर्क समिति क्यानडाका पूर्व महामन्त्रि निरन्जन थापाले सवैलाइ उपस्थिको लागि धन्यबाद दिदै नेपाली राज्नीतीमा इमान्दार नेताको खाँचो भएकोले नेपाली काङ्ग्रेसलाइ बलियो पार्टी बनाउनकोलागि सवै भात्रि एवँ सुबेछुक संस्थाको समयमै अधिबेशन गर्नु पर्नेमा जोड दिदै, जुन उदेश्यले कार्यक्रम आयोजना गरिएको थियो त्यस्ले सार्थकता पायको भन्दै कार्यक्रम समाप्त भएको घोषणा गर्नु भयो।
April 24, 2021 10:57 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

