काठमाण्डाै उपत्यकामा वैशाख १६ देखि २२ गतेसम्म निषेधाज्ञा, सार्वजनिक र निजी दुवै गाडी चलाउन राेक
काठमाण्डाै – काठमाण्डाै उपत्यकामा वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा घाेषणा गरिएकाे छ । साेमवार बसेकाे काठमाण्डाै उपत्यकाका काठमाण्डाै, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीकाे संयुक्त बैठकले १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म निषेधाज्ञाकाे आदेश जारी गरेकाे हाे ।
निषेधाज्ञा अवधिमा सार्वजनिक र निजी दुवै गाडी नचल्ने प्रशासन कार्यालयले जारी गरेका आदेशमा जनाइएकाे छ । अत्यावश्यक ढुवानीका सवारी साधन बाहेक अन्य सवारी साधनलाई काठमाण्डाै उपत्यका प्रवेशमा राेक लगाउने निर्णय पनि गरिएकाे छ ।
बैठकले सबै प्रकारका सभा, सम्मेलन, गाेष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनाेरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना आदि सञ्चालन गर्न नपाइने निर्णय गरेकाे छ । यस्तै विवाह, ब्रतबन्धकाे हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्डकाे पालना गर्ने गरी जिल्ला प्रशासन कार्यलयबाट अनुमति लिएर मात्र गर्न पनि आदेश जारी गरिएकाे छ । उज्यालो

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप