वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै उद्यम गर्ने ९ युवा उद्यमी पुरस्कृत
काठमाण्डौ – वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै उद्यम गर्ने ९ जना युवा उद्यमीलाई नेपाल सरकारले पुरस्कृत गरेको छ ।
नौ जनामध्ये आठ जनालाई उद्यमी राष्ट्रिय पुरस्कार र एक जनालाई उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गरिएको हो । सूर्या इन्डस्ट्रिज प्रालीका सञ्चालक रुपन्देहीका शिव पराजुली यो वर्षको उत्कृष्ट उद्यमी पुरस्कारबाट सम्मानित हुनुभएको छ । यस्तै रुपन्देहीकै भुदुरप्रसाद थारु, मोरङका सनोजकुमार माझी, कास्कीका भोजराज पुवाली, सुनसरीकका धनबहादुर राई, संखुवासभाका शम्भुजित राई, नवलपरासीका गोविन्दनन्द महतो, चुणामणी चौधरी र झापाका ज्ञानेन्द्र सम्वाहाम्फेलाई उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ ।
बिहीबार मन्त्रालयमा भएको भर्चुअल कार्यक्रममा श्रम मन्त्री गौरिशंकर चौधरी र मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले पुरस्कृत हुने उद्यमीलाई सम्मानपत्र र नगद पुरस्कार प्रदान गर्नुभएको मन्त्रालयले जनाएको छ । उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारको राशि एक लाख रुपैयाँ र उद्यमी राष्ट्रिय पुरस्कारको राशि पचास हजार रुपैयाँ रहेकाे छ ।
विदेशमा काम गरि फर्किएका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६ बमोजिम उद्यमी राष्ट्रिय पुरस्कारको लागि उद्यमी छनौट गरिएको हो । यस पुरस्कारको लागि ८५ जनाले आवेदन दिएकोमा ९ जना छनौट गरिएको मन्त्रालयले जनाएको छ । उज्यालो
May 1, 2021 1:21 am | रोचक,लोकप्रिय
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला