काठमाण्डौ उपत्यकामा एकै दिन झन्डै तीन हजार जनामा कोरोना पुष्टि
5 years अगाडी
manoj Thapa
काठमाण्डाै – पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा मात्रै झन्डै तीन हजार जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाण्डाै उपत्यकामा थप दुई हजार नाै सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
केही दिनयता कोरोना भाइरस सङ्क्रमणको ‘हटस्पट’ बन्दै गएको काठमाण्डाै उपत्यकामा एकै दिन अहिलेसम्मकै धेरै सङ्क्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाण्डाैमा दुई हजार चार सय चार जना, ललितपुरमा चार सय १९ जना र भक्तपुरमा एक सय ३३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लाे २४ घण्टामा देशभर पाँच हजार पाँच सय २७ सङ्क्रमित थपिँदा थप ३३ जनाले ज्यान गुमाएका छन् ।
एकैदिनमा नयाँ सङ्क्रमण पुष्टि हुनेकाे यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । उज्यालो
May 1, 2021 1:26 am | टप,स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
Loading...