कुवेतमा कार्यरत नेपाली श्रमिक राधा धिमालको मृत्यु।
कुवेत/ झापाको दमक,अर्नाखरी घर भई कुवेतमा घरेलु कामदारको रुपमा कार्यरत राधा धिमालको मृत्यु भएको छ।स्वास्थ्यमा केही समस्या आए पछी कुवेतको आदान अस्पताल पुर्याइएकोमा उपचारकै क्रममा मेई १,२०२१ शनिबारका दिन धिमालको मृत्यु भएको हो।
नेपाली राजदूताबास कुवेतका दित्तिय सचिब श्रीकृष्ण सिलवालका अनुसार राहदानी नं ०८९३८६९४ कि राधा धिमालको मृत्यु भएको प्रारम्भिक जानकारी दूताबासमा प्राप्त भई सकेको छ।सिलवालले थपे”मृत्युको कारण सहित अन्य जानकारी आउन बाँकी रहे पनि मृतकको विवरण हेर्दा श्रम नगरिकन अबैधानिक रुपमा कुवेत प्रबेश गरेको देखिन्छ।दूताबासले मृतकको परिवारसंग समन्वय गरेर उनको लाश पठाउने देखी अन्य कानुनी प्रकृयामा सहजिकरण गर्न शुरु गरिसकेको छ।”
४५ बर्षिय मृतक राधा धिमालको श्रीमान बैदेशिक रोजगारिकै क्रममा साउदी अरब र छोरो कतारमा कार्यरत रहेको झापाली समाज कुवेतका उपाध्यक्ष राजु धिमालले बताएका छन।राजु धिमालका अनुसार मृतक राधा धिमाल बिगत ८ महिनादेखि आफ्नो स्पोन्सरको घर छोडि लुकी-छिपी (अबैधानिक) कागजात बिहिनको रुपमा काम गर्दै आएकी थीइन।
titopati.com
May 6, 2021 12:33 pm | प्रवास,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने