इजरायल र प्यालेस्टाइनबीच संघर्ष थप तनावपूर्ण
काठमाण्डाै – इजरायल र प्यालेस्टाइनबीच संघर्ष थप तनावपूर्ण बन्दै गएको छ । इजरायलले गरेको हवाइ आक्रमणमा आफ्ना केही वरिष्ठ कमाण्डरहरू मारिएको र गाजामा ठूलो भवन ध्वस्त भएपछि हमास विद्रोहीहरूले इजरायलमाथि दर्जनौँ रकेट प्रहार गरेका बीबीसीले जनाएको छ ।
संघर्ष चर्कँदै गएपछि संयुक्त राष्ट्रसंघले पूर्ण युद्धको चेतावनी दिएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरजले जारी हिंसाले आफू निकै चिन्तित भएको बताउनुभएको छ । यस्तै अमेरिकी राष्ट्रपति जो बाइडनले नेता न्याहुलाई फोन गरेर इजरायलको सुरक्षाप्रति आफ्नो समर्थन रहेको भन्दै दिगो शान्ति पुनर्बहाली हुनपर्नेमा पनि जोड दिनुभएको छ ।
सोमवारदेखि सङ्घर्ष निकै चर्किएपछि राष्ट्रसंघले अब पूर्ण युद्धको अवस्था निम्त्याउन सक्ने चेतावनी दिएको हो । सोमवारयता गाजामा १४ बालबालिकासहित ६५ जनाको ज्यान गइसकेको छ भने इजरायलमा सात जनाको ज्यान गएको छ ।
हप्तौँदेखि इजरायल–प्यालेस्टाइनबीच पूर्वी जेरुसलेममा चर्किएको तनावपछि लडाइँ सुरु भएको हो । मुस्लिम तथा यहुदी दुवैको पवित्र स्थल अल अक्सा मस्जिदमा पछिल्लो समय तनाव चर्किएको हो । इजरायलभित्रै पनि यहुदी तथा अरब समुदायको मिश्रित बसोबास भएका क्षेत्रहरूमा पनि थप हिंसा भड्किएका छन् । हिंसाका कारण हिजो बेलुकी तीन सय ७४ जनालाई पक्राउ गरिएको र आफ्ना ३६ जना अधिकारी घाइते भएको इजरायली प्रहरीले जनाएको छ । इजरायलका राष्ट्रपति रूबेन रिभ्लिनले यहुदी तथा अरब इजरायलीहरूलाई अर्थहीन गृहयुद्धमा धकेलिने काम नगर्न अपिल गर्नुभएको छ | उज्यालो
May 14, 2021 2:45 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला