

उदय दुराको अध्यक्षतामा २३ सदस्य कार्यसमितिको सर्वसम्मत चयन
आज मिति मइ १५, २०२१ तारिख शनिवार, नेपाली जनसम्पर्क समिति क्यानडा(NPRC)को त्यस्रो अधिबेशनबाट उदय दुराको अध्यक्षतामा २३ सदस्य कार्यसमितिको सर्वसम्मत चयन भएको छ।
उक्त कार्यक्रममा प्रमुख अतिथिमा नेपाली जनसम्पर्क समिति क्यानडाका अभिभावक प्रकाश ज्ञवाली, बिशिष्ट अतिथिहरु प्रजातान्त्रिक विचार समुहका केन्द्रिय सचिव प्राध्यापक बासुदेव भण्डारी, काङ्ग्रेस चितवनका युवा नेता राजेशोर खनाल, एन आर एन ए क्यानडाका पूर्व उपसभापति राज कुमार महत, (NPRC)का पूर्व सल्लाहकार दीपक साप्कोटा, बरिष्ठ उपसभापति रिशि तिवारी, महिला चौतारी क्यानडाकी अध्यक्ष गीता दवाडी, जीपि कोइराला फाउन्डेशन क्यानडाका बरिष्ठ उपसभापति ज्ञान
गौतम र महा-मन्त्रि बिध्याभुषण कार्कीले सम्बोधन गरेका थिय, भने ५०-६० जना जती लोकतन्त्रवादीहरुको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रमको सुरुवात निबर्तवान उपसभापति महेश लेखकको स्वागत मन्तब्य बाट भएको थियो भने निबर्तमान सभापति राम बाबु थापाको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन निबर्तमान महा-मन्त्रि लिलाधर नेउपानेले गरेका थिय।
नेपाली जनसम्पर्क समिति क्यानडा(NPCC)का पूर्व-महामन्त्रि निरन्जन थापा काम बिशेषले सहभागि हुन नपाय पनि टेलिफोन र फेसबुक मार्फतबाट सभापति उदय दुरा लगायत सम्पूर्ण कार्यसमितिलाइ बधाइ तथा शुभकामना ब्यक्त गरेका थिय।
त्यस्तै हाल क्यानडाको लन्डनमा बसोबास गर्दै आएका उदय दुराले स्नातक तह सम्मको अध्यन गर्नुको साथै नेपाल तरुण दल चितवनका पूर्व जिल्ला सभापति र नेपाल तरुण दलको केन्द्रिय सदस्य भएको अनुभव छ।
सभापतित्व ग्रहण गर्ने क्रममा नव निर्वाचित सभापती उदय दुराले आगामी कार्यकालमा आफुले सम्पूर्ण लोकतन्त्रबादीहरु विच समझदारी र भाइचारा ब्रिद्धि गर्दै नेपाली जनसम्पर्क समिति क्यानडालाइ सवैको साझा सँस्थाको रुपमा विकाश गर्ने प्रतिबद्धता जनायका छन।
May 16, 2021 5:31 am | टप,राजनीति,समाचार

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

जनमत-नाउपा एकीकरण: संरक्षक रेशम, अध्यक्ष सिके, सहअध्यक्ष रन्जिता

दुर्गा प्रसाईं भारतमा समातिएको चर्चा भैरहँदा प्रहरीले भन्यो, ‘अहिलेसम्म पक्राउ परेका छैनन्’

थरीथरीका आन्दोलनले काठमाण्डौको जनजीवन प्रभावित, मुख्य सडकमार्गमै हप्तौंदेखि अवरोध

टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा कुवेतसँगको खेलमा नेपाल टस जितेर फिल्डिङमा

रविमाथि ज्यादती भएको भन्दै रास्वपाले मानव अधिकार आयोगमा ज्ञापनपत्र बुझायो

नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ४ प्रतिशत पुग्ने एडीबीको अनुमान

सगरमाथा आराेहणका लागि अहिलेसम्म ७७ जनाले अनुमति लिए

प्रेममा दरार’ आएपछी कुवेतमा एक महिलाको हत्या

