अन्तर्राष्ट्रिय झापाली समाजद्धारा २३ लाख बराबरको अक्सिजन सिलिण्डर तथा स्वस्थ्य सामग्री सहयोग
विश्वका विभिन्न राष्ट्रमा रहेका झापालीहरुको साझा छाता संस्था अन्तर्राष्ट्रिय झापाली समाजले कोरोनाबाट जिल्लाबासीको जीवन बचाउनका लागि २३ लाख रुपैयाँ बराबरको विभिन्न सामग्री सहयोग प्रदान गरेको छ ।एक का लागि एक अभियानले स्थापना गरेको अक्सिजन बैंकका लागि समाजले एक सय वटा सिलिण्डर बराबरको १५ लाख रुपैयाँ प्रदान गरेको छ ।
अभियानको मुख्य साझेदारको रुपमा रहेको समाजले अक्सिजन बैंक उद्घाटनको सन्दर्भ पारेर बुधवार सहारा नेपालको केन्द्रीय कार्यालय बिर्तामोड २ चारपानेमा उक्त रकमको चेक प्रदान गरेको हो ।
अन्तर्राष्ट्रिय झापाली समाजको तर्फबाट उपाध्यक्ष नवीन पोखरेलले १५ लाख रुपैयाँको चेक कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, अभियानका संयोजक महेन्द्रकुमार गिरी र सहसंयोजक बिनोद बस्नेतलाई हस्तान्तरण गरेका छन् ।
समाजले अभियान र स्थानीय पालिका तथा प्रशासनलाई सहयोग हस्तान्तरण र समन्वयका लागि पोखरेललाई संयोजकको जिम्मेवारी दिइएको छ । विश्वका ४२ वटा राष्ट्रमा राष्ट्रिय समिति निर्माण गरी झापाको स्वास्थ्य शिक्षा तथा विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको समाजले संकटको घडीमा जिल्लावासीको जीवनरक्षाका लागि तत्कालका लागि उक्त सहयोग प्रदान गरिएको समाजका अध्यक्ष छत्र सुब्बाले बताए ।
समाजका उपाध्यक्ष तथा सहयोग हस्तान्तरण कार्यक्रम संयोजक पोखरेलले समाजको तर्फबाट पालिकाहरुलाई पीपीई , भीटिएम किट, एन्टिजेन्ट किट, ग्लोब्स, एन ९५ र सर्जिकल माक्स, फेस शिल्ड, सेनिटाइजर तथा कोरोना उपचारमा प्रयोग हुने औषधि हस्तान्तरण गरेका छन् ।मंगलवार समाजको तर्पmबाट बिर्तामोड, भद्रपुर, कनकाई, कचनकवल, हल्दिवारी र बाह्रदशीमा समाजले सामग्री हस्तान्तरण गरेको छ ।
उक्त कार्यक्रममा राष्ट्रिय समितिका प्रतिनिधिहरु भीम पोखरेल, दुर्योधन कार्की, एकका लागि एक अभियानको तर्फबाट शिव कँडेल लगायतको सहभागिता थियो ।बुधवार एक सयवटा अक्सिन सिलिण्डर हस्तान्तरण र जिल्ला प्रशासन कार्यालयलाई शव व्यवस्थानमा आवश्यक हुने व्याग, फेशशिल्ड, पीपीई लगायतका सामग्री हस्तान्तरण गरिएको छ । प्रजिअ तिमिल्सिनालाई उपाध्यक्ष पोखरेलले उक्त सामग्री हस्तान्तरण गरेका छन् । बाँकी रहेका पालिकाहरुमा विहीवार सामग्री हस्तान्तरण गरिने बताइएको छ । उपाध्यक्ष पोखरेलका अनुसार पालिकाहरुमा आठ लाख रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरिदैछ ।
कोरोनाविरुद्धको लडाइमा सहयोग पु¥याउन तथा कसैले अक्सिजन र आवश्यक उपचार अभावमा जीवन गुमाउनु नपरोस भनेर सहयोग प्रदान गरिएको हाल अष्ट्रेलियामा रहेका समाजका संरक्षक दिनेशकुमार पोखरेलले बताएका छन् । उनले समाजद्वारा प्रदान गरिएको सहयोगको सही ठाउँमा सदुपयोग हुने विश्वास व्यक्त गर्दै संकटको घडीमा झापालीहरुको एकताप्रति खुशी व्यक्त गरेका छन् । हाल हङकङमा रहेका समाजका अध्यक्ष सुब्बाले सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेका छन् ।
June 9, 2021 8:07 pm | टप,प्रवास,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला