लोकतन्त्रको रक्षाका लागि विशेष भूमिका खेल्न सभामुखलाई विपक्षी दलका शीर्ष नेताको आग्रह
काठमाण्डौ – पूर्व प्रधानमन्त्री र दलका शीर्ष नेताहरुले लोकतन्त्रको रक्षाका लागि सभामुखले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा आज बसेको सर्वदलीय बैठकमा उनीहरुले लोकतन्त्रको रक्षाका लागि सभामुखको भूमिका महत्त्वपूर्ण हुने बताएका हुन् । छलफलपछि जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले आफूहरुले लोकतन्त्रको रक्षाका लागि पर्न सुझाव दिएको बताउनुभयो ।
छलफलका क्रममा नेताहरुले राष्ट्रपति र प्रधानमन्त्रीले गैरसंवैधानिक रुपमा संसदको विघटन गरेकाले सर्वोच्च अदालतले पुनर्स्थापना गर्नुपर्ने समेत बताएका थिए । त्यस्तै बैठकमा नेताहरुले नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउनुपर्ने र चुरेबाट सरकारले गिट्टी बालुवा निकासी गर्न लागेको भन्दै त्यसको विरोध गर्नुपर्ने बताएका थिए ।
बैठकमा सभामुख सापकोटाले संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थमा त्यहीँबाट सही निकास होस् भन्ने अपेक्षा आफ्नो रहेको बताउनुभएको थियो । छलफलका क्रममा उहाँले लोकतन्त्रको रक्षाका लागि आफू जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहेको बताउनुभएको छलफलमा सहभागी नेताहरुले बताएका छन् । उज्यालो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।