सरकारलाई एमालेका ३९ र जसपाका ६ सांसदकाे समर्थन छ : मुख्यमन्त्री पाेखरेल
रुपन्देही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पाेखरेलले आफ्नाे सरकारसँग बहुमत भएकाे बताउनुभएकाे छ । मुख्यमन्त्री पाेखरेलले नेकपा एमालेसँग ३९ र जनता समाजवादी पार्टीसँग ६ सदस्य रहेको जानकारी दिँदै जनता समाजवादी पार्टीका विषयमा प्रदेश सभा सचिवालय नै स्पष्ट नभएको आरोप लगाउनुभयो । मुख्यमन्त्री पोखरेलले भन्नुभयो, ‘दलीय प्रणालीमा विश्वास राख्ने हो भने राजनीतिक रूपमा सरकारसँग बहुमत छ ।’
यसैबीच लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम आइतवार (आज) बहुमतले पारित भएको छ । नीति तथा कार्यक्रम सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गरेपछि बहुमतले पारित भएको हो ।
यसअघि मुख्यमन्त्री शङ्कर पोखरेलले आव २०७८/०७९ को नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव प्रदेश सभामा प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पोखरेलले बहुमतको निर्णयलाई प्रदेश सभाले स्वीकार नगरेको उल्लेख गर्दै कानुन कार्यान्वयनका विषयमा आफ्नो अरूचि नरहेको जनाउनुभयो ।
कोरोना महामारीविरुद्धको लडाइँमा प्रदेश सरकारले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्दै उहाँले खोप व्यवस्थापनको विषय सङ्घीय सरकारको भएको स्पष्ट गर्नुभयो । उहाँले नदीजन्य पदार्थको व्यवस्थापनको काम प्रदेश सरकारले नगरेको र त्यो काम पालिकाले जानकारी दिँदै राजस्व बाँडफाँडको काम भएको तर कम पालिकाबाट ४० प्रतिशत राजस्व प्राप्त गरेको बताउनुभयो । उहाँले मर्चवार क्षेत्रको विकासका लागि दोब्बर बजेट विनियोजन भएको र त्यहाँको विकासलाई उच्च प्राथमिकता दिइएको स्पष्ट गर्नुभयो । उज्यालो
June 14, 2021 12:44 am | राजनीति,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह