कानुनि बाटो हिडौं , भावनात्मक होईन – राजदूत भण्डारी ।
राज मल्ल , हामी प्रबास छौ , हाम्रो धर्म कर्म गर्नु हो , उद्देश्य पैसा कमाउनु , लक्ष्य घरपरिवारलाई सुखि र सम्बृसम्बद्ध बनाउनु । यो सबै पुरा हुन र गर्न आवश्यक छ ईमानदारीता , मिहेनत र लगनशीलता । यि कुरामा ध्यान दिएमा वैदेशिक रोजगारीमा आउने प्रायःजसो सबैको उन्नति नै हुनेछ “। पत्रकार महासघ वैदेशिक शाखा कुवेतको चौथो अधिबेशन पश्चात् कार्यसमिति सगको पहिलो भेटघाटका क्रममा राजदूत दुर्गाप्रसाद भण्डारीले जोड दिएका भनाई हुन ।
छलफल कै क्रममा “हामी कानुनलाई पुर्ण पालना गर्ने देशमा छौ , यहाँ सबै कानुन सम्वत चल्नु पर्नेहुन्छ , बिपरित चलेमा दण्डनीय हुन्छ । सिकौ जानौ , नजान्नेलाई बुझाउ, तर जानेर बुझेर अबुझ नबनौउ । जानि जानि गैरकानुनी कार्य अनैतिक कृयाकपलाप नगरौ , आफ्नोे देशले गर्व गर्ने कार्य गरौ , देशकै इज्जत जाने होइन । गैरकानुनी बाटो हुँदै आउने , इलिगल भै बस्ने, कानुनले बन्देज गरेका कार्यमा सम्लग्न हुने र अन्तमा दूतावासमा समस्यामा पर्यो भनेर रोईकराई गर्दैमा समस्या समाधान गर्न सकिँदैन , हाम्रो पनि क्षेत्र अधिकार हुन्छ , तस्को दायराभित्र रहेर कानुनि उपचार खोज्नु पर्ने हुन्छ , भावनात्मक रुपमा गाह्रो छ। तसर्थ कानुनी बाटो हिडौ ” । राजदूतले थपे ।
बिश्वब्यापी कोरोना महामारीले सबै क्षेत्र धराशायी भएको यो अवस्थामा प्राय जसो रोजगारदाता कम्पनीले पनि पहिलाको जस्तो सेवा सुबिधा उपलब्ध गराउन नसकेको यथार्थ हो , यस्लाई सबैले मनन गर्नै पर्छ । यो समय भनेको जसरि हुन्छ जिवनशैलि लाई आधारभूत आवश्यकताबाटै चलाउनु पर्ने हुन्छ । यदि कुनैपनि रोजगारदाता कम्पनी वा स्पोन्सरबाट साच्चिकै अन्यायमा पारिएको छ भने दूतावास सदैव आफ्ना नागरिक पक्षमा रहेको हुदा सिधै दूतावासको सम्पर्क आउन राजदूले अनुरोध गरेका छन ।
कुटनैतिक निकायको जिम्मेवारी सम्हालेर कुवैत आउदा म सग पनि धेरै योजनाहरु रहेको , केही क्षेत्रमा सुरुवाती दिनहरुमा कामहरु भएपनि कोरोनाका कारण सबै सम्भव नभएको तर प्रयास जारि रहेको राजदूत भण्डारीको भनाई छ । पर्यटन , नेपाली उत्पादनको बजार सम्भाव्यता , दक्ष कामदारका लागि अवसर , नेपाली रितिरिवाज कला सस्कृतिको प्रचारप्रसार , घरेलु कामदारकोहरुलाई सहजताका क्षेत्रमा आफु सदैव कटिबद्ध भयर लागिरहेको र दुईदेश बिचको सम्बन्धलाई सुदृढ गर्न उच्चस्तरीय भेटघाटमा लाई निरन्तरता दियको र भेटघाटबाटै सम्बन्धको सुरुवात हुनेमा जोड दिएकाछन।
राजदूतका अनुसार कोरोना महामारीको अवस्थामा पनि १० बर्ष पहिला जारि MRP को म्याद सकिदै गरेको यो अवस्थामा पासपोर्ट नबिकरणको कार्यलाई पहिलो प्रथामिकता राखेर काम गरिरहेका छौ , कानुनी बाटोबाट घरेलुकामदारको रुपमा कुवेत आएकाहरुको हकमा दूतावासको पत्र लिएर जादा सजिलै कुवेत आउन पाउने ब्यवस्था गरिएको छ । अस्पतालहरुमा निगरानि , बिरामीहरुको अबस्था जानकारी , सम्बन्धि पक्षसग समन्वय , कुवेतमा निधन ( कोरोना बाहेक )भएकाहरुको शव जिल्ला सम्म निशुल्क पुर्याउने , जेलमा निरिक्षण गरि सजाय कम गरि नेपाल पठाउने कार्यमा जोड , इनसुरेन्स असुल गरि पिडित परिवारलाई उपलब्ध गराउने लगायत मन्जुरीनामा पत्रको लागि समेत निरन्तर कार्य भइरहेको छ ” ।
पत्रकार महासघ वैदेशिक शाखा कुवेतका अध्यक्ष नवराज पन्थिको नेतृत्वमा हिजो बेलुकी दूतावास गएको पत्रकार टोलि र राजदूत दुर्गाप्रसाद भण्डारी सगै दितिय सचिव श्रिकृष्ण सिलवाल बिच दूतावासको सभाहलमा भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको थियो । निरेम प्रोडक्सन
June 25, 2021 6:18 pm | विचार/ब्लग,समाचार,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन