दुनियाँको यो अनौठो मन्दिरः जहाँ थोत्रा गाडीका बिग्रीएका पाठपुर्जा चढाइन्छ, फुलप्रसाद दक्षिणाको काम छैन !
भारतमा त्यस्तो एउटा मन्दिर छ जहाँ फुलप्रसाद चढाउने गरिन्न । फुलप्रसाद दक्षिणा भन्दा पनि त्यो अनौठो मन्दिरमा गाडीका बिग्रिएका पाटपुर्जा, नम्बर प्लेट तथा घरमा रहेका थोत्रा औजारहरु लगेर चढाउने गरिन्छ । आमरुपमा मन्दिरमा धुपबत्ति गर्ने तथा फूलप्रसाद, दक्षिण आदि चढाउने चलन भने छ । त्यो अनौठो मन्दिर भारतको हिमाचलमा छ । पुजारीहरुका अनुसार मानिसहरुले सदियौँ देखि यो मन्दिरमा घरका पूराना औजारहरु चढाउने गरेका छन् । समय बित्दै जाँदा मानिसहरुले गाडीका पाटपुर्जा र नम्बर प्लेटसम्म मन्दिरमा चढाउन थाले ।
यसरी गाडीका पाटपुर्जा तथा घरका औजारहरु मन्दिरमा चढाउनाले भगवानको कृपादृष्टि रहने र कुनै संकट नआउने आम विश्वास रहेको छ गाडीको कुनै पाटपुर्जा बारम्बार बिग्रेर दुख दिइरहेमा एकपटक बिग्रेको पाटपुर्जा लगेर मन्दिरमा चढाउने र त्यसपछि गाडी मर्मत गरेमा गाडी लामो समयसम्म नबिग्रने विश्वास गरिन्छ । बनशीरा देवतालाई जंगलका देवता भनिन्छ । यो मन्दिरमा न त कुनै छानो छ, न त कुनै पुजारी नै । तर यसको किर्ति निकै दूरसम्म छ । थोत्रामोत्रा चिज चढाउनका लागि टाढा टाढाबाट मानिसहरु यो मन्दिरमा धाउँछन् ।
July 10, 2018 11:17 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन