दुनियाँको यो अनौठो मन्दिरः जहाँ थोत्रा गाडीका बिग्रीएका पाठपुर्जा चढाइन्छ, फुलप्रसाद दक्षिणाको काम छैन !
भारतमा त्यस्तो एउटा मन्दिर छ जहाँ फुलप्रसाद चढाउने गरिन्न । फुलप्रसाद दक्षिणा भन्दा पनि त्यो अनौठो मन्दिरमा गाडीका बिग्रिएका पाटपुर्जा, नम्बर प्लेट तथा घरमा रहेका थोत्रा औजारहरु लगेर चढाउने गरिन्छ । आमरुपमा मन्दिरमा धुपबत्ति गर्ने तथा फूलप्रसाद, दक्षिण आदि चढाउने चलन भने छ । त्यो अनौठो मन्दिर भारतको हिमाचलमा छ । पुजारीहरुका अनुसार मानिसहरुले सदियौँ देखि यो मन्दिरमा घरका पूराना औजारहरु चढाउने गरेका छन् । समय बित्दै जाँदा मानिसहरुले गाडीका पाटपुर्जा र नम्बर प्लेटसम्म मन्दिरमा चढाउन थाले ।
यसरी गाडीका पाटपुर्जा तथा घरका औजारहरु मन्दिरमा चढाउनाले भगवानको कृपादृष्टि रहने र कुनै संकट नआउने आम विश्वास रहेको छ गाडीको कुनै पाटपुर्जा बारम्बार बिग्रेर दुख दिइरहेमा एकपटक बिग्रेको पाटपुर्जा लगेर मन्दिरमा चढाउने र त्यसपछि गाडी मर्मत गरेमा गाडी लामो समयसम्म नबिग्रने विश्वास गरिन्छ । बनशीरा देवतालाई जंगलका देवता भनिन्छ । यो मन्दिरमा न त कुनै छानो छ, न त कुनै पुजारी नै । तर यसको किर्ति निकै दूरसम्म छ । थोत्रामोत्रा चिज चढाउनका लागि टाढा टाढाबाट मानिसहरु यो मन्दिरमा धाउँछन् ।
July 10, 2018 11:17 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा