ढुङ्गासहितको पहिरो खसेपछि सङ्खुवासभाको माम्लिङ–पिलुवा सडक बन्द
सङ्खुवासभा – कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको माम्लिङ–पिलुवा खोला सडकमा ढुङ्गासहितको पहिरो खसेपछि सडक बन्द भएको छ । धर्मदेवी नगरपालिकाको छुमाङ भिरबाट पहिरो खसेपछि सडक बन्द भएको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ ।
डिभिजन प्रमुख गौतमकुमार श्रेष्ठका अनुसार ढुङ्गा खसेको सडकभन्दा केही तल बाक्लो गाउँ भएकाले हटाउन समस्या भइरहेको छ । पहिरो हटाउन प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ । यस्तै पहिराले खाँदबारी किमाथाङ्का सडक अन्तर्गत मकालु गाउँपालिकाको दोभान खण्डमा पनि सडक बन्द छ ।
विराटनगर हुँदै धरान—धनकुटा भएर सङ्खुवासभामा भित्रिने कोशी राजमार्गको माम्लिङ्ग—पिलुवा खोला सडक खण्ड मुख्य बाटो भएकाले एकतर्फी भए पनि खुलाउने प्रयास भइरहेको सडक डिभिजन प्रमुख श्रेष्ठको भनाइ छ ।
अविरल वर्षाका कारण जिल्लाका अन्य सडकमा समेत क्षति पु¥याएको छ । तर आवतजावत नै बन्द भने भएको छैन । उज्यालो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता