ट्विटर सर्वेक्षणपछि एलन मस्कले बेचे टेस्लाको शेयर
काठमाण्डाै – संसारका सबैभन्दा धनी व्यक्ति एलन मस्कले विद्युतीय कार कम्पनी टेस्लाको पाँच अर्ब अमेरिकी डलर बराबरको शेयर बेचेका छन् । ट्वीटरमा आफ्ना ६ करोड ३० लाख फलोअरसँग टेस्लाको १० प्रतिशत शेयर बेच्ने विषयमा गरेको सर्वेक्षणको परिणामलाई मान्दै त्यसको चार दिनपछि कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले यस्तो गरेका हुन् ।
मस्कले शेयर बेच्नुपर्नेमा धेरैले मत दिएको दुई दिनमा टेस्लाको शेयर मूल्य झन्डै १६ प्रतिशतले घटेको थियो । हिजो बुधवार भने कम्पनीको शेयर मूल्यमा केही सुधार भएको छ ।टेस्ला संसारको सबैभन्दा समृद्ध कार कम्पनी हो, जसको बजार मूल्याङ्कन एक खर्ब अमेरिकी डलर बराबरको छ ।
मस्कको ट्रस्टले चार अर्ब अमेरिकी डलर बराबरको ३६ लाख शेयर बचेको छ । मस्कले थप नौ लाख ३४ हजार शेयर पनि बेचेका अमेरिकी निकायको प्रतिवेदनमा भनिएको छ ।
गएको शनिवार मस्कले ट्विटरमा एक सर्वेक्षण गर्दै कर चुकाउनका लागि टेस्लाको शेयर बेचौँ कि नबेचौँ भनेर सोधेका थिए । त्यो सर्वेक्षणमा ३५ लाखभन्दा धेरैले मत दिँदा ५८ प्रतिशतले शेअर बेच्नुपर्छ भनेका थिए । यही सर्वेक्षणको परिणाम स्वीकार गर्दै एलन मस्कले टेस्लाको शेयर बेचेका हुन् । उज्यालो
November 11, 2021 3:04 pm | समाचार,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता