रोल्पामा जीप दुर्घटना : तीन जनाको ज्यान गयो, तीन जना घाइते
4 years अगाडी
manoj Thapa
रोल्पा – रोल्पामा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।
माडी गाउँपालिका–६ हान्निङबाट घर्तीगाउँका लागि छुटेकाे रा १ ज ३८२ नम्बरको यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जना पुरुष र एक जना महिलाको ज्यान गएको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले जानकारी दिनुभयाे ।
जीप दुर्घटनामा माडी–६ हान्निङका ५१ वर्षीय रुद्र पुन, ५३ वर्षीय टेकबहादुर पुन र ४७ वर्षीया चौसरा विककाे ज्यान गएकाे छ । तीन जनाकै घटनास्थलमै ज्यान गएकाे डीएसपी सुवेदीले बताउनु भयाे ।
दुर्घटनामा माडी–६ हान्निङका २१ वर्षीया दीना घर्ती, १८ वर्षीय पुन र २१ वर्षीया कल्पना विक घाइते भएका छन् । घाइते भएका तीन जनालाई उपचारका लागि रोल्पा अस्पताल रेउघा ल्याइँदै गरिएको प्रहरीले बताएको छ। साभार उज्यालो
November 14, 2021 2:54 pm | समाचार,स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
Loading...