तालिबान सत्तामा फर्किएपछि सयभन्दा धेरै पूर्वसैनिक मारिएका ह्युमन राइट्स वाचको दाबी
काठमाण्डाै – अफगानिस्तानमा तालिबान समूह सत्तामा फर्किएपछि अफगान सुरक्षा बलका एक सयभन्दा धेरै पूर्वसदस्यको हत्या गरेको ह्युमन राइट्स वाच (एचआरडब्ल्यू) ले दाबी गरेको छ ।
एचआरडब्ल्यूले सार्वजनिक गरेको प्रतिवेदनमा तालिबानका स्थानीय कमान्डरहरूले अहिले पनि पूर्वसैनिक वा प्रहरीहरूलाई निसाना बनाइरहेका उल्लेख छ । तालिबानका प्रवक्ताले बदलाको भावनाले हत्या गरिएको आरोपलाई अस्वीकार गरेका छन् तर तालिबानको नेतृत्वले नै आफ्ना लडाकुहरूलाई हत्याका लागि उक्साइरहेका एचआरडब्ल्यूले आरोप लगाएको छ ।
अमेरिकी सेना फर्किएपछि गएको अगस्ट महिनामा अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानले त्यस बेलै बदलाको भावना नराख्ने बताएको थियो । तर तालिबानले सुरक्षा बलका पूर्वसदस्य र नागरिक समाजका व्यक्तिको हत्या गर्ने क्रम बढिरहेको प्रतिवेदनमा उल्लेख छ ।
तालिबान विश्वव्यापी मान्यताका लागि प्रयास गरिरहेको छ तर देशभित्र मानव अधिकारको अवस्था नाजुक बनेको ह्युमन राइट्स वाचको प्रतिवेदनमा उल्लेख छ । अफगानिस्तानमा यसअघि उपलब्ध भइरहेको अन्तर्राष्ट्रिय राहत सामग्री र आर्थिक सहयोग रोकिएका कारण आधारभूत वस्तुकाे सङ्कट पनि बढ्दै गएको छ । साभार उज्यालो
December 2, 2021 2:45 am | रोचक,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग