ध्वनिभन्दा पाँच गुणा बढी गतिमा उड्ने क्षेप्यास्त्र परीक्षण सफल भएको उत्तर कोरियाको दाबी
उत्तर कोरियाले ध्वनिको भन्दा पाँच गुणा अर्थात् ६ हजार दुई सय किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्ने हाइपरसोनिक क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको दाबी गरेको छ ।
हिजो बुधवार परीक्षण गरेको क्षेप्यास्त्रले सात सय किलोमिटर परको निसानामा सही रूपमा प्रहार गरेको उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले जनाएको छ । निसानामा ताक्नुअघि क्षेप्यास्त्रलाई एक सय २० किलोमिटर यताउता घुमाएको बीबीसीले जनाएको छ । यसले क्षेप्यास्त्रलाई नियन्त्रणमा राखेर निसानामा ताक्न सक्ने देखिएको छ ।
उत्तर कोरियाका शासक किम जङ–अनले सैन्य सामर्थ बढाउने प्रतिबद्धता व्यक्त गरेपछि यो पहिलो परीक्षण हो । नयाँ वर्षको सम्बोधनमा किमले कोरियाली प्रायद्वीपको अस्थिर सैनिक वातावरणका कारण आफ्नो प्रतिरक्षा क्षमता अभिवृद्धिलाई निरन्तरता दिने बताउनुभएको थियो ।
हाइपरसोनिक क्षेप्यास्त्र विकास गर्ने प्रयास गरिरहेका अमेरिका र चीनसहित थोरै देशमा उत्तर कोरिया पनि पर्छ । हाइपरसोनिक अस्त्रहरू साधरणतया ब्यालेस्टिक क्षेप्यास्त्रभन्दा कम उचाइबाट आफ्नो निसानातर्फ उड्छन् । उज्यालो
January 7, 2022 1:39 am | रोचक,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला