

ओमिक्राेन भेरियन्ट : खाेप नलगाएका व्यक्तिको ज्यान जाने सम्भावना २० गुणा बढी

काठमाण्डाै – काेभिड १९ (कोरोना भाइरस) को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण दर र मृत्यु दर खोप लगाएकाभन्दा नलगाएका व्यक्तिमा धेरै भएको पाइएको छ ।
पछिल्लो अध्ययनअनुसार खोप लगाएकाभन्दा नलगाएकालाई ओमिक्रोन भेरियन्टको सङ्क्रमण सर्ने सम्भावना १० गुणा र सिकिस्त भएर अस्पताल भर्ना हुने सम्भावना १७ गुणा बढी भएको देखिएको सङ्क्रामक रोग विशेषज्ञ डाक्टर जनक कोइरालाले बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आज बुधवार डाक्टर कोइरालाले ओमिक्राेन सङ्क्रमणबाट खोप लगाएका व्यक्तिभन्दा नलगाएका व्यक्तिको ज्यान जाने सम्भावना २० गुणा बढी रहेको बताउनुभयो ।
ओमिक्रोन भेरियन्ट यसअघि फैलिएको डेल्टा भेरियन्टभन्दा अत्यधिक सङ्क्रामक भएकाले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । डेल्टाकाे सङ्क्रमणलेजस्तो मृत्यु गराउने नभए पनि एकदम छिटो धेरै जनसङ्ख्यालाई सङ्क्रमण गराउने भएकाले यसले ठूलो क्षति गराउन सक्ने सम्भावना रहेको डाक्टर काेइरालाकाे भनाइ छ ।
ओमिक्रोनले फोक्सोमा भन्दा घाँटी, नाक, श्वासनलीमा सङ्क्रमण गराउने उहाँले बताउनुभयो । डेल्टा भेरियन्टले सिधै छातीमा निमोनिया गराउने गरेकोमा ओमिक्रोन भेरियन्टले फोक्सोमा सङ्क्रमण तथा निमोनिया गराएको नदेखिएको डाक्टर कोइरालाले बताउनुभयो । उज्यालो
January 13, 2022 1:20 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

