ओमिक्राेन भेरियन्ट : खाेप नलगाएका व्यक्तिको ज्यान जाने सम्भावना २० गुणा बढी
काठमाण्डाै – काेभिड १९ (कोरोना भाइरस) को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण दर र मृत्यु दर खोप लगाएकाभन्दा नलगाएका व्यक्तिमा धेरै भएको पाइएको छ ।
पछिल्लो अध्ययनअनुसार खोप लगाएकाभन्दा नलगाएकालाई ओमिक्रोन भेरियन्टको सङ्क्रमण सर्ने सम्भावना १० गुणा र सिकिस्त भएर अस्पताल भर्ना हुने सम्भावना १७ गुणा बढी भएको देखिएको सङ्क्रामक रोग विशेषज्ञ डाक्टर जनक कोइरालाले बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आज बुधवार डाक्टर कोइरालाले ओमिक्राेन सङ्क्रमणबाट खोप लगाएका व्यक्तिभन्दा नलगाएका व्यक्तिको ज्यान जाने सम्भावना २० गुणा बढी रहेको बताउनुभयो ।
ओमिक्रोन भेरियन्ट यसअघि फैलिएको डेल्टा भेरियन्टभन्दा अत्यधिक सङ्क्रामक भएकाले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । डेल्टाकाे सङ्क्रमणलेजस्तो मृत्यु गराउने नभए पनि एकदम छिटो धेरै जनसङ्ख्यालाई सङ्क्रमण गराउने भएकाले यसले ठूलो क्षति गराउन सक्ने सम्भावना रहेको डाक्टर काेइरालाकाे भनाइ छ ।
ओमिक्रोनले फोक्सोमा भन्दा घाँटी, नाक, श्वासनलीमा सङ्क्रमण गराउने उहाँले बताउनुभयो । डेल्टा भेरियन्टले सिधै छातीमा निमोनिया गराउने गरेकोमा ओमिक्रोन भेरियन्टले फोक्सोमा सङ्क्रमण तथा निमोनिया गराएको नदेखिएको डाक्टर कोइरालाले बताउनुभयो । उज्यालो
January 13, 2022 1:20 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड