दक्षिण अस्ट्रेलियामा आज झन्डै ६० वर्षयताकै धेरै तापक्रम मापन
दक्षिण अस्ट्रेलियामा आज बिहीवार झन्डै ६० वर्षयताकै धेरै तापक्रम मापन भएको छ । आज मार्डी र रोबनमा ५० दशमलव ७ डिग्री सेल्सियस तापक्रम मापन भएको बीबीसीले जनाएको छ ।
योभन्दा अगाडि सन् १९६२ मा पनि त्यहाँ ५० दशमलव ७ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । पानी नपरेर तातो हावा फैलिएकाले मार्डी र रोबन सहरमा बढी तापक्रम मापन गरिएको हो ।
तापक्रम बढेपछि मानिसहरूलाई घरभित्रै बस्न भनिएको छ । बाहिर निस्कन परेमा सितल छायामा बस्न र सितल झोलिलो पदार्थ खानका लागि भनिएको छ । अस्ट्रेलियाको विभिन्न ठाउँमा डढेलो फैलनुका साथै जलवायु परिवर्तनको असरका कारण गर्मी बढेको विज्ञले बताएका छन् ।
अहिले पनि मारगेट नदी आसपासको ६ हजार हेक्टर क्षेत्रफलमा रहेको जङ्गलमा डढेलो लागिरहेको छ । त्यस आसपास क्षेत्रमा पानी कम मात्रै पर्ने गरेको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार अस्ट्रेलियाको अहिलेको औसत तापक्रम ३६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । जलवायु परिवर्तनका कारण अस्ट्रेलियामा एक दशमलव दुई डिग्री सेल्सियसका दरले तापक्रम बढ्दै गएको विज्ञले बताएका छन् । उज्यालो
January 13, 2022 9:59 pm | रोचक,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।