सोलुखुम्बुमा किवी उत्पादन बढ्यो
सोलुखुम्बु – सोलुखुम्बुमा अघिल्लो वर्षको तुलनामा यस वर्ष किवी उत्पादन ३ मेट्रिक टन वृद्धि भएको छ ।
गएकाे वर्ष ६५ मेट्रिक टन किवी उत्पादन भएको जिल्लामा यस वर्ष बढेर ६८ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ । कार्यालयका सूचना अधिकारी कुलबहादुर राईका अनुसार गएकाे वर्षको तुलनामा उत्पादन दिने बोटको संख्या बढेसँगै उत्पादनमा पनि वृद्धि भएको हो ।
अधिकारी राईले भन्नुभयोे–‘जिल्लामा पछिल्लो समय किवी खेती गर्ने किसानहरु बढ्दै छन्, तर रोपेको २/३ वर्षपछि मात्रै उत्पादन दिन्छ । केही वर्ष भित्रमा ती सबै बोटले फल दिन थालेपछि उत्पादनमा भारी वृद्धि हुने निश्चित छ ।’
सोलुखुम्बुमा हाल एक सय १५ हेक्टर क्षेत्रफलमा किवी खेती गरिँदै आएको छ । जसमध्ये हाल ११ हेक्टर क्षेत्रफलमा लगाइएको किवीले उत्पादन दिन थालेको ज्ञान केन्द्रकाे तथ्यांक छ ।
जिल्लाको नेचाबेत्तघारी, नेचाबतासे, सल्यान, तिङला, गार्मा, साल्मे, सल्लेरी, तामाखानी, बेनी, फाप्लु, टाक्सिन्दु, नेले, काँगेल, मुक्ली, जुबु, देउसा, काँकु, बासा, खरिखोला, बुङ, छेस्काम, गुदेल, सोताङ, चौलाखर्क लगातका क्षेत्रमा किवी खेती हुने गरेको छ । उज्यालो
January 19, 2022 11:41 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने