सोलुखुम्बुमा किवी उत्पादन बढ्यो
सोलुखुम्बु – सोलुखुम्बुमा अघिल्लो वर्षको तुलनामा यस वर्ष किवी उत्पादन ३ मेट्रिक टन वृद्धि भएको छ ।
गएकाे वर्ष ६५ मेट्रिक टन किवी उत्पादन भएको जिल्लामा यस वर्ष बढेर ६८ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ । कार्यालयका सूचना अधिकारी कुलबहादुर राईका अनुसार गएकाे वर्षको तुलनामा उत्पादन दिने बोटको संख्या बढेसँगै उत्पादनमा पनि वृद्धि भएको हो ।
अधिकारी राईले भन्नुभयोे–‘जिल्लामा पछिल्लो समय किवी खेती गर्ने किसानहरु बढ्दै छन्, तर रोपेको २/३ वर्षपछि मात्रै उत्पादन दिन्छ । केही वर्ष भित्रमा ती सबै बोटले फल दिन थालेपछि उत्पादनमा भारी वृद्धि हुने निश्चित छ ।’
सोलुखुम्बुमा हाल एक सय १५ हेक्टर क्षेत्रफलमा किवी खेती गरिँदै आएको छ । जसमध्ये हाल ११ हेक्टर क्षेत्रफलमा लगाइएको किवीले उत्पादन दिन थालेको ज्ञान केन्द्रकाे तथ्यांक छ ।
जिल्लाको नेचाबेत्तघारी, नेचाबतासे, सल्यान, तिङला, गार्मा, साल्मे, सल्लेरी, तामाखानी, बेनी, फाप्लु, टाक्सिन्दु, नेले, काँगेल, मुक्ली, जुबु, देउसा, काँकु, बासा, खरिखोला, बुङ, छेस्काम, गुदेल, सोताङ, चौलाखर्क लगातका क्षेत्रमा किवी खेती हुने गरेको छ । उज्यालो
January 19, 2022 11:41 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला