अब काठमाण्डौबाट यूएई जाने यात्रुले विमानस्थलमा र्यापीड पीसीआर गर्न नपर्ने
4 years अगाडी
manoj Thapa
काठमाण्डौ – नेपालबाट यूएई जाने यात्रुले अब विमानस्थलमा र्यापीड पीसीआर परीक्षण गर्न नपर्ने भएको छ ।
यूएईले पछिल्लो समय गरेको निर्णय अनुसार काठमाण्डौबाट दुबई यात्रा गर्ने यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको समयभन्दा ६ घण्टाभित्र गर्दै आएको र्यापीड पीसीआर परीक्षण गर्न नपर्ने भएको हो । फागुन १ गतेदेखि नै यो नियम कार्यान्वयनमा आएको भन्दै अब यात्रुले विमानस्थलमा र्यापीड पीसीआर गर्न नपर्ने एक विज्ञप्ति जारी गर्दै नेपाल एयरलाइन्सले जनाएको छ ।
विमानस्थलमा र्यापीड पीसीआर परीक्षण गर्न नपरे पनि यूएई जानका लागि ४८ घण्टा भित्रको पीसीआर नेगेटिभ रिपोर्ट भने अनिवार्य नै छ ।
यूएई सरकारले कोरोना महामारीको दोस्रो लहरको समयमा सङ्क्रमण रोकथामका लागि यो नियम लागू गरेको थियो । उज्यालो
February 16, 2022 12:36 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
Loading...