एमसीसी सम्झौता कार्यान्वयनको बाटाेमा अघि बढ्यो : एमसीसी मुख्यालय
काठमाण्डाै – अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीले आफू र नेपाल सरकारबीच ५० करोड अमेरिकी डलर बराबरको अनुदान सम्झौता कार्यान्वयनको बाटाेमा गएको जनाएको छ ।
एमसीसी मुख्यालयले हिजाे मङ्गलवार राति निकालेको विज्ञप्तिमा नेपालको सङ्घीय संसदबाट फागुन १५ गते अनुमोदन भएको सम्झौतालाई स्वीकार गरेको समेत जनाएको छ । लामो समय विवादमा परेको एमसीसी सम्झौता १२ बुँदे व्याख्यात्मक घोषणासहित संसदले अनुमोदन गरेको थियो ।
एमसीसी कम्प्याक्टलाई अनुमोदन गर्ने निर्णयले नेपाल सरकारलाई सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक राज्यको रूपमा सधैँ कायम राखेको विज्ञप्तिमा उल्लेख छ । साथै सम्झौता अनुमोदनले पाँच वर्षे कार्यक्रमलाई कार्यान्वयन गर्ने दिशामा काम जारी राख्न सक्षम बनाउने र यसबाट बिजुलीको थप भरपर्दो आपूर्ति, यातायात तथा रोजगारी सिर्जनामा मद्दत गर्ने भनिएको छ ।
यो वर्ष नेपाल र अमेरिकाबीच कुटनीतिक सम्बन्धको ७५ औँ वर्ष हो । ‘यी ७५ वर्षमा नेपालमा अतुलनीय परिवर्तनहरू देखिएका र एमसीसी तथा अमेरिकी नागरिक यी परिवर्तनमा नेपालको साथमा उभिएका छन् । नेपालको लोकतान्त्रिक मूल्य–मान्यता र दीर्घकालीन आर्थिक समृद्धिलाई आउँदा दिनमा पनि निरन्तरता दिनेछौँ’, विज्ञप्तिमा भनिएकाे छ । उज्यालो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला