प्रधानमन्त्री देउवा चैत १८ गते भारत भ्रमणमा जाने, माेदीसँग १९ गते भेटवार्ता
काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा यही चैत १८ गते शुक्रवार भारत भ्रमणमा जानुहुने भएको छ ।
परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति निकालेर प्रधानमन्त्री देउवाले चैत १८ गतेदेखि २० गतेसम्म भारत भ्रमण गर्नेबारे औपचारिक जानकारी दिएको हो । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा भारत जान लाग्नुभएको हो ।
प्रधानमन्त्री देउवासँगै उहाँकी श्रीमती डा. आरजु राणा देउवा, परराष्ट्र मन्त्री डा. नारायण खड्कालगायतका उच्च पदस्थ व्यक्ति पनि भारत जाने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच चैत १९ गते भेटवार्ता हुनेछ । उहाँहरूले संयुक्त रूपमा जनकपुर–जयनगर रेल सेवा शुभारम्भ गर्ने तयारी छ । भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय विदेशमन्त्री र राष्ट्रिय सुरक्षा एजेन्सीका प्रमुखसँग पनि भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।
प्रधानमन्त्री देउवा यसअघि पनि भारत भ्रमणको तयारीमा हुनुहुन्थ्यो । तर कोरोनाका कारण कार्यक्रम नै स्थगित भएपछि भ्रमण रद्द भएको थियो । उज्यालो
March 28, 2022 2:31 pm | राजनीति,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह