

प्रधानमन्त्री देउवा चैत १८ गते भारत भ्रमणमा जाने, माेदीसँग १९ गते भेटवार्ता

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा यही चैत १८ गते शुक्रवार भारत भ्रमणमा जानुहुने भएको छ ।
परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति निकालेर प्रधानमन्त्री देउवाले चैत १८ गतेदेखि २० गतेसम्म भारत भ्रमण गर्नेबारे औपचारिक जानकारी दिएको हो । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा भारत जान लाग्नुभएको हो ।
प्रधानमन्त्री देउवासँगै उहाँकी श्रीमती डा. आरजु राणा देउवा, परराष्ट्र मन्त्री डा. नारायण खड्कालगायतका उच्च पदस्थ व्यक्ति पनि भारत जाने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच चैत १९ गते भेटवार्ता हुनेछ । उहाँहरूले संयुक्त रूपमा जनकपुर–जयनगर रेल सेवा शुभारम्भ गर्ने तयारी छ । भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय विदेशमन्त्री र राष्ट्रिय सुरक्षा एजेन्सीका प्रमुखसँग पनि भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।
प्रधानमन्त्री देउवा यसअघि पनि भारत भ्रमणको तयारीमा हुनुहुन्थ्यो । तर कोरोनाका कारण कार्यक्रम नै स्थगित भएपछि भ्रमण रद्द भएको थियो । उज्यालो
March 28, 2022 2:31 pm | राजनीति,समाज
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सात वर्षअघि नै खारेज भएको सिन्डिकेट ब्युँत्याउने प्रयास : सडकमा आज पनि सार्वजनिक गाडी कम चल्दा यात्रुलाई सास्ती

नेपाल कुवेत साँस्कृतिक मञ्चको तीज विशेष सांगीतिक धमाका २९ अगष्टमा गर्ने

संसदको अवरोध हटाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने प्रतिपक्षको अडान

कार्बन व्यापारका लागि स्पष्ट नीतिगत व्यवस्था गरिने

पूर्वमन्त्री एवम् एमाले नेता लालबाबु पण्डितलाई पत्नी शोक

नागरिकको त्याग, जनसङ्घर्ष र जनआन्दोलनबाट गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा

विश्वव्यापी कर लगाउने अमेरिकी व्यापार नीति अदालतले रोक्यो

नेपालमा हिन्दू धर्म मान्ने ८१.२ प्रतिशत

