माओवादीकाे वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ पक्काजस्तै
3 years अगाडी
manoj Thapa
काठमाण्डाै – गएको पुसमा महाधिवेशन सम्पन्न भए पनि नेकपा माओवादी केन्द्रले अहिलेसम्म पदाधिकारीको टुङ्गो लगाउन सकेको छैन ।
काठमाण्डौमा चलिरहेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको टुङ्गो लगाउने अनुमान गरिए पनि पदाधिकारीको विषयमा बैठकले निर्णय गर्न असफल भयो । आकाङ्क्षी धेरै भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नाम टुङ्गो लगाउन निकै मुस्किल परेको देखिएको छ ।
वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठलाई चयन गर्ने पक्काजस्तै भएको प्रचण्डले आजको बैठकमा बताउनुभएको छ । वरिष्ठ उपाध्यक्षमा कृष्णबहादुर महराले दाबी छाडेको र मातृका यादवको दाबीलाई स्वाभाविक रूपमा लिएर नारायणकाजीलाई नियुक्त गर्नुको विकल्प नरहेको प्रचण्डको भनाइ थियो । आजको बैठकमा उहाँले सबैको अनुहार उज्यालो हुने गरी केही दिनमै पदाधिकारीको नाम घोषणा गर्ने दाबी गर्नुभयाे । उज्यालो
July 7, 2022 7:45 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
Loading...