कुबेतमा चर्चित लोक दोहोरी गायिका देबी घर्ती मगर आउदै ,
कुवेत – नेपाल कुवेत साँस्कृतिक मञ्चले आयोजना गर्न लागेको हरितालिका तीजको सांगीतिक कार्यक्रमका लागि आगामी २ सेप्टेम्बर २०२२ का दिन गायिका देबी घर्ती मगर कुवेत आउने अध्यक्ष गोबिन्द बरालले जानकारी दिएका छन।
नेपाल कुवेत साँस्कृतिक मञ्चले चर्चित लोक दोहोरी गायिका देबी घर्ती मगर हरितालिका तीज विशेष स्थापनाकालदेखी हरेक बर्षहरुमा नेपाली हिन्दू धर्मावलम्बी महिलाहरुको महानचाड हरितालिका तीजमा बिशेष सांगीतिक धमाका गर्दै आएको छ। तर गत वर्षभने कोरोना भाइरस महामारी रोगका कारण कार्यक्रम हुन सकेको थिएन।
नेपाल कुवेत साँस्कृतिक मञ्चको २० औं प्रस्तुती हरितालिका तीज विशेष सांगीतिक धमाकामा स्थानीय कलाकारले समेत प्रस्तुति दिने छन। हाम्रो संस्कृति हाम्रो पहिचान भन्ने मुल नारालाई आत्मसात् गर्दै नेपाली कला र संस्कृतीको जगेर्ना गर्न तथा प्रवासमा निरन्तर काममा व्यस्त हुने गीत संगीत प्रेमी नेपालीहरुका लागि सांगीतिक मनोरन्जन भरपूर रुपमा प्रदान गर्न नेपाल कुवेत साँस्कृतिक मञ्चले हरेक वर्ष साँस्कृतिक कार्यक्रम गर्दै आएको छ।
साँस्कृतिक मञ्च कला, संस्कृतिको जगेर्ना, सांगितिक मनोरन्जन तथा सामाजिक कार्यमा अग्रपंतिमा रहन सफल भएको यस साँस्कृतिक मंचले अन्तमा परदेशमा रहेरपनि कला र गला भएका नयाँ तथा पुराना कलाकार दाजुभाई तथा दिदिबहिनीहरुले आफ्नो कला र गला प्रस्तुत गर्नको लागि नेपाल कुवेत साँस्कृतिक मञ्चका बरिस्ठ संरक्षक टिकाराम आचार्य तथा अध्यक्ष गोबिन्द बराललाई (सम्पर्क ६५०६५३७९) र अन्य कार्यसमिति सदस्यहरुसंग सम्पर्क गर्नुहुन कुवेतवासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा नेपाल कुवेत साँस्कृतिक मञ्चको तर्फबाट अनुरोध गरेका छ।
July 18, 2022 2:09 am | संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन