धुलिखेल अस्पतालद्वारा दुर्गम क्षेत्रमा विशेषज्ञ डाक्टरमार्फत टेलिमेडिसेन सेवा सुरु
काठमाण्डाै – काभ्रेकाे धुलिखेल अस्पतालले दुर्गम क्षेत्रका बिरामीलाई लक्षित गरी ‘टेलिमेडिसिन’ प्रविधिबाट सेवा सुरु गरेको छ । अस्पतालले युरोपियन प्रविधियुक्त टेलिमेडिसेन सेवा आज मङ्गलवारदेखि काभ्रेको तेमाल गाउँपालिका ४ मा रहेकाे बोल्दे फेदिचे स्वास्थ्य केन्द्रबाट सुरु गरेको हो ।
धुलिखेल अस्पतालका छाला र आँखा रोग विभागका विशेषज्ञ डाक्टरहरूले टेलिमेडिसिनमार्फत बिरामीको स्वास्थ्य परीक्षण, परामर्शलगायतका सेवा दिएका थिए । यसबाट झन्डै ४० जना बिरामी लाभान्वित भएका थिए । यस्तो उच्च प्रविधिको टेलिमेडिसिन विधि उपयोग गरेर दुर्गम गाउँका बिमारीले विशेषज्ञ डाक्टरबाट प्रत्यक्ष सेवा पाएको सम्भवतः नेपालमा पहिलो भएकाे बताइएकाे छ ।
दुर्गम भेगका नागरिकले अत्याधुनिक प्रविधिमार्फत न्यून शुल्कमा स्वास्थ्य सेवा पाउनु ज्यादै खुसीको विषय भएको स्थानीयवासी तिलक लामाले बताउनुभयाे । उहाँले अस्पतालले यस्तो सेवालाई अन्य विकट क्षेत्रमा पनि विस्तार गर्नुपर्नेमा जोड दिनुभयाे ।
धुलिखेल अस्पतालको आउटरिच स्वास्थ्य संस्थाको रूपमा रहेको बोल्दे स्वास्थ्य केन्द्रले बिरामीबाट ४० रुपैयाँ मात्र सेवा शुल्क लिने गरेको छ । उज्यालो
August 9, 2022 9:47 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो