सन्दीप राष्ट्रिय क्रिकेट टिमबाट निलम्बनमा
काठमाण्डाै – राष्ट्रिय क्रिकेट टाेलीका कप्तान सन्दीप लामिछाने टिमबाट निलम्बनमा परेका छन् ।
१७ वर्षकी किशाेरीलाई बलात्कार गरेको आरोपमा जाहेरी दर्ता भएपछि क्यानको कार्यसम्पादन समितिले लामिछानेलाई कप्तानसहित राष्ट्रिय टाेलीबाट निलम्बन गरेकाे जनाएको छ ।
गएकाे मङ्गलवार प्रहरी वृत्त गौशालामा जाहेरी परेसँगै प्रहरीले लामिछानेविरुद्धका प्रमाण सङ्कलन सुरु गरेको छ । उनी बसेको भनिएका नगरकोट र काठमाण्डौका होटलको सीसीटीभी फुटेज सङ्कलन गरिएको प्रहरीले जनाएको छ ।
यसैबीच लामिछानेलाई पक्राउ गर्न आज बिहीवार जिल्ला अदालत काठमाण्डाैले अनुमति दिएको छ । अदालतले अनुमति दिएकाले अनुसन्धानका लागि अब प्रहरीले लामिछानेलाई कुनै पनि बेला पक्राउ गर्न सक्ने प्रहरीले जनाएकाे छ ।
लामिछाने अहिले देशबाहिर छन् । लामिछानेले भने आफ्नो संलग्नता अस्वीकार गरेका छन् र कानुनी सहायताका लागि अनुरोध गरेका नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । उज्यालो

September 8, 2022 9:00 pm | अपराध,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला