४ दिनभित्र २ पटक मनास्लु हिमाल आरोहण
4 years अगाडी
manoj Thapa
काठमाण्डाै – कीर्तिमानी आरोही सानु शेर्पाले चार दिनभित्र दुई पटक मनास्लु हिमालको सफल आरोहण गर्नुभएको छ । गएको बिहीवार मनास्लुको शिखरमा पुगेका शेर्पा चार दिनपछि हिजो साेमवार पनि शिखरमा पुग्नुभएको हो ।
आज मङ्गलवार काठमाण्डौ आइपुग्नुभएका शेर्पाले चार दिनभित्रै दुई पटक मनास्लु हिमालको सफल आरोहण गरेको जानकारी दिनुभयो । गोरखामा रहेको मनास्लु हिमाल आठ हजार एक सय ६३ मिटर अग्लो छ । हिमपहिरोको उच्च जोखिम रहेको मनास्लु हिमाललाई ‘किलर माउन्टेन’ को रूपमा पनि चिनिन्छ ।
मनास्लुमा हिजो पनि हिमपहिरोमा परि एक जनाको ज्यान गएको छ । आरोही सानु शेर्पाले आठ हजार मिटरभन्दा अग्ला संसारका १४ वटै हिमालको दोहोर्याएर आरोहण गरी विश्व कीर्तिमान बनाउनुभएको छ । उज्यालो
September 28, 2022 2:09 am | टप,रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
Loading...