४ दिनभित्र २ पटक मनास्लु हिमाल आरोहण
3 years अगाडी
manoj Thapa
काठमाण्डाै – कीर्तिमानी आरोही सानु शेर्पाले चार दिनभित्र दुई पटक मनास्लु हिमालको सफल आरोहण गर्नुभएको छ । गएको बिहीवार मनास्लुको शिखरमा पुगेका शेर्पा चार दिनपछि हिजो साेमवार पनि शिखरमा पुग्नुभएको हो ।
आज मङ्गलवार काठमाण्डौ आइपुग्नुभएका शेर्पाले चार दिनभित्रै दुई पटक मनास्लु हिमालको सफल आरोहण गरेको जानकारी दिनुभयो । गोरखामा रहेको मनास्लु हिमाल आठ हजार एक सय ६३ मिटर अग्लो छ । हिमपहिरोको उच्च जोखिम रहेको मनास्लु हिमाललाई ‘किलर माउन्टेन’ को रूपमा पनि चिनिन्छ ।
मनास्लुमा हिजो पनि हिमपहिरोमा परि एक जनाको ज्यान गएको छ । आरोही सानु शेर्पाले आठ हजार मिटरभन्दा अग्ला संसारका १४ वटै हिमालको दोहोर्याएर आरोहण गरी विश्व कीर्तिमान बनाउनुभएको छ । उज्यालो
September 28, 2022 2:09 am | टप,रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
Loading...