चिसाे सुरु भएसँगै अस्पतालमा डेङ्गीका बिरामीकाे सङ्ख्या घट्याे
काठमाण्डाै – चिसाे सुरु भएसँगै अस्पतालहरुमा डेङ्गीका बिरामीहरु कम हुँदै गएका छन् । काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दशैँ सुरु हुनुअघिको तुलनामा दशैँ अवधिमा डेङ्गीका बिरामीहरु कम हुँदै गएको हो।
डेङ्गीको सङ्क्रमण खासगरी एडिज प्रजातिको लामखुट्टेको टोकाइबाट हुनेगर्दछ । दशैँ अघिकाे तुलनामा अहिले बिरामीहरु पनि कम अस्पताल आइरहेका शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताउनुभयो ।
उहाँका अनुसार अहिले अस्पतालमा साधारण बेडमा ११ जना उपचाररत छन् भने एक जना आईसीयूमा उपचाररत छन् । त्यस्तै इमर्जेन्सीमा करिब ७० जना दैनिकजसो उपचारका लागि आइरहेका उहाँले बताउनु भयो ।
सूचना अधिकारी गौतमले अस्पतालमा अन्य सरुवा रोगका बिरामीहरु भने यस वर्ष विगतको तुलनामा कम रहेका बताउनु भयो । उहाँले दशैँको बेलामा अस्पतालले डेङ्गी बढ्ने अनुमान गरेर आवश्यक तयारी गरे पनि बिरामीहरु कम आएका बताउनु भयो । सबैले लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने, लोसनको प्रयोग गर्ने, पूरा बाउला भएको लुगा लगाउने, घर वरपर पानी जम्न नदिने, घर वरपर सफा राख्ने गरेमा डेङ्गीबाट बच्न सक्ने बताउनु भयो । उहाँले डेङ्गीको प्रकोप अझै रहने भएकाले केही समयसम्म सरकारले तोकेका स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गर्नुभयो ।
गौतमले विगतको वर्षमा भन्दा यस वर्ष सर्पदंशका बिरामीहरु भने बढिरहेको बताउनु भयो । गएकाे वर्षहरुमा असोज महिनादेखि सर्पदंशका बिरामीहरु धेरै नआएको तर यस वर्ष भने अहिले पनि ५ जना सर्पदंशका बिरामीहरु अस्पतालमा उपचाररत रहेका उहाँले बताउनुभयो । उज्यालो
October 8, 2022 5:41 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला