ताप्लेजुङमा फाेहरकाे थुप्राेभित्र ८९ थान सुनका गहना फेला पर्याे
ताप्लेजुङ – ताप्लेजुङमा फोहरको थुप्रोभित्र लुकाएको अवस्थामा ८९ थान सुनका गहना प्रहरीले फेला पारेको छ । जङ्गलमा फालिएको फोहरको थुप्रोभित्र बोरामा प्याक गरी लुकाइएको अवस्थामा आज शुक्रवार प्रहरीले ती सुन फेला पारेको हो ।
गएको असोज १७ गते ताप्लेजुङको फुङलिङको कञ्चन मनी ट्रान्सफरमा भएको लुटपाटपछि हराइरहेको सुनका गरगहनामध्ये थप ८९ थान सुनका गहना फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । सुनका गहना फुङलिङ–४ को जङ्गलमा फोहर थुप्रोभित्र बोरामा प्याक गरी लुकाइएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डीएसपी कैलाश राईले बताउनुभयो ।
फेला परेको सुनको परिणाम निकाल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । यसअघि चार जना लुटेरालाई प्रहरीले पक्राउ गर्दा उनीहरूकाे साथबाट १४३ तोला सुनका गरहगना र नगद छ लाख १३ हजार तीन सय ४० रुपैयाँ प्रहरीले बरामद गरिएको थियो । कञ्चन मनी ट्रान्सर्फर सञ्चालक अम्बरकुमार श्रेष्ठले तीन सय ४८ तोला सुन र नगद ११ लाख ६३ हजार दुई सय ५० रुपैयाँ लुटपाट भएको जाहेरी प्रहरीलाई दिएका छन् । उज्यालो
October 22, 2022 1:58 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने
टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो