१ महिनामा ८८ हजारभन्दा धेरै पर्यटक नेपाल आए, सबैभन्दा धेरै भारत र अमेरिकाबाट
काठमाण्डाै – पछिल्लो एक महिनामा ८८ हजारभन्दा धेरै पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका छन् । अक्टोबर महिनामा ८८ हजार पाँच सय ८२ जना पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिनुभयो ।
मासिक विवरणअनुसार अक्टोबर महिनामा कोरोना भाइरस महामारी सुरु भएयताकै सर्वाधिक सङ्ख्यामा पर्यटक भित्रिएका उहाँले बताउनुभयो । योसहित सन् २०२२ को पहिलो १० महिनामा नेपाल आउने पर्यटकको सङ्ख्या चार लाख ७३ हजार पाँच सय ६३ जना पुगेको छ ।
अक्टोबरमा भारत र अमेरिकाबाट सबैभन्दा धेरै पर्यटक भित्रिएका छन् । भारतबाट १६ हजार नाै सय १० र अमेरिकाबाट ११ हजार आठ सय ५९ जना पर्यटक नेपाल आएका छन् ।
कोरोना महामारीका कारण थलिएको पर्यटन व्यवसाय यस वर्षको अटम सिजनमा केही चलायमान भएको छ । नेपाल आएका विदेशी पर्यटकमध्ये धेरैजसो हिमाली क्षेत्रको पदयात्रा र पर्वतारोहणका लागि आएका छन् । पर्वतीय पर्यटकको सङ्ख्या कोरोना सुरु हुनुअघिको अवस्थामा पुग्न थालेको पर्यटन व्यवसायी कर्मा शेर्पाले बताउनुभयो । उज्यालो
November 5, 2022 2:16 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो