१ महिनामा ८८ हजारभन्दा धेरै पर्यटक नेपाल आए, सबैभन्दा धेरै भारत र अमेरिकाबाट
काठमाण्डाै – पछिल्लो एक महिनामा ८८ हजारभन्दा धेरै पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका छन् । अक्टोबर महिनामा ८८ हजार पाँच सय ८२ जना पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिनुभयो ।
मासिक विवरणअनुसार अक्टोबर महिनामा कोरोना भाइरस महामारी सुरु भएयताकै सर्वाधिक सङ्ख्यामा पर्यटक भित्रिएका उहाँले बताउनुभयो । योसहित सन् २०२२ को पहिलो १० महिनामा नेपाल आउने पर्यटकको सङ्ख्या चार लाख ७३ हजार पाँच सय ६३ जना पुगेको छ ।
अक्टोबरमा भारत र अमेरिकाबाट सबैभन्दा धेरै पर्यटक भित्रिएका छन् । भारतबाट १६ हजार नाै सय १० र अमेरिकाबाट ११ हजार आठ सय ५९ जना पर्यटक नेपाल आएका छन् ।
कोरोना महामारीका कारण थलिएको पर्यटन व्यवसाय यस वर्षको अटम सिजनमा केही चलायमान भएको छ । नेपाल आएका विदेशी पर्यटकमध्ये धेरैजसो हिमाली क्षेत्रको पदयात्रा र पर्वतारोहणका लागि आएका छन् । पर्वतीय पर्यटकको सङ्ख्या कोरोना सुरु हुनुअघिको अवस्थामा पुग्न थालेको पर्यटन व्यवसायी कर्मा शेर्पाले बताउनुभयो । उज्यालो
November 5, 2022 2:16 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग