सेनाले फोटो प्रतियोगिता आयोजना गर्दै, पहिलाे हुनेलाई ५० हजार रुपैयाँ पुरस्कार
काठमाण्डाै – नेपाली सेनाले विगतमा झैँ यस वर्ष पनि फोटो प्रतियोगिता आयोजना गर्ने भएको छ । सेनाका विविध गतिविधिलाई तस्बिरका माध्यमबाट अभिलेख गर्ने तथा आवश्यक परेका समयमा उपयोग गर्न सहज बनाउने उद्देश्यले ‘फोटो प्रतियोगिता–२०७९’ सञ्चालन गर्न लागिएको जनाइएको छ ।
नेपाली सेनाले विगतमा आन्तरिकरूपमा फोटो प्रतियोगिता सञ्चालन गर्दै आइरहेकाेमा गएकाे वर्षदेखि गैरसैनिक व्यक्तिलाई समेत समावेश गरी प्रतियोगिता आयोजना गर्न थालेको हो ।
यस प्रतियोगितामा सहभागिताका लागि गैरसैनिक व्यक्तिका हकमा तस्बिरहरू आउँदाे मङ्सिर १४ गतेभित्र नेपाली सेनाको आधिकारिक बेबसाइटमा अपलोड गर्नुपर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रतियोगितामा २०७८ सालदेखि २०७९ सालसम्म खिचिएका तस्बिरहरूलाई मात्र समावेश गरिने जनाइएको छ । प्रतियोगितामा पहिलाे, दाेस्राे र तेस्राे हुने फोटोलाई सैनिक तथा गैरसैनिक दुवैतर्फ क्रमशः ५० हजार, ३५ हजार र २५ हजार रुपैयाँ पुरस्कार राखिएको छ ।
त्यसबाहेक सैनिकतर्फका सात र गैरसैनिकतर्फका दुई गरी नौ वटा थप उत्कृष्ट फोटोलाई सान्त्वना पुरस्कारस्वरूप १० हजार रुपैयाँका दरले प्रदान गरिने व्यवस्था गरिएको निर्देशनालयले आज बिहीवार एक सूचना जारी गरी जनाएको छ । उज्यालो

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
