सेनाले फोटो प्रतियोगिता आयोजना गर्दै, पहिलाे हुनेलाई ५० हजार रुपैयाँ पुरस्कार
काठमाण्डाै – नेपाली सेनाले विगतमा झैँ यस वर्ष पनि फोटो प्रतियोगिता आयोजना गर्ने भएको छ । सेनाका विविध गतिविधिलाई तस्बिरका माध्यमबाट अभिलेख गर्ने तथा आवश्यक परेका समयमा उपयोग गर्न सहज बनाउने उद्देश्यले ‘फोटो प्रतियोगिता–२०७९’ सञ्चालन गर्न लागिएको जनाइएको छ ।
नेपाली सेनाले विगतमा आन्तरिकरूपमा फोटो प्रतियोगिता सञ्चालन गर्दै आइरहेकाेमा गएकाे वर्षदेखि गैरसैनिक व्यक्तिलाई समेत समावेश गरी प्रतियोगिता आयोजना गर्न थालेको हो ।
यस प्रतियोगितामा सहभागिताका लागि गैरसैनिक व्यक्तिका हकमा तस्बिरहरू आउँदाे मङ्सिर १४ गतेभित्र नेपाली सेनाको आधिकारिक बेबसाइटमा अपलोड गर्नुपर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रतियोगितामा २०७८ सालदेखि २०७९ सालसम्म खिचिएका तस्बिरहरूलाई मात्र समावेश गरिने जनाइएको छ । प्रतियोगितामा पहिलाे, दाेस्राे र तेस्राे हुने फोटोलाई सैनिक तथा गैरसैनिक दुवैतर्फ क्रमशः ५० हजार, ३५ हजार र २५ हजार रुपैयाँ पुरस्कार राखिएको छ ।
त्यसबाहेक सैनिकतर्फका सात र गैरसैनिकतर्फका दुई गरी नौ वटा थप उत्कृष्ट फोटोलाई सान्त्वना पुरस्कारस्वरूप १० हजार रुपैयाँका दरले प्रदान गरिने व्यवस्था गरिएको निर्देशनालयले आज बिहीवार एक सूचना जारी गरी जनाएको छ । उज्यालो

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने
टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो
