दाङमा तोरी बालीको उत्पादन बर्सेनि घट्दै
दाङ – दाङमा तोरी बालीको उत्पादन बर्सेनि घट्दै गएको छ । खेती योग्य जमिन प्लटिङमा परिणत हुनु, प्राङ्गारिक मल र सिँचाइको समस्याका कारण उत्पादन घटेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । कुनै समय दाङमा उत्पादन भएको तोरी अरु जिल्लामासमेत खपत हुँदै आएकोमा अहिले दाङ नै परनिर्भर बन्दै गएको कृषि प्राविधिक माधव केसीले बताउनुभयो ।
स्थानीयले तोरीको तेलको साटो सूर्यमुखी र भटमासको तेल प्रयोग गर्न थालेका स्थानीय गीता विष्ट बताउनुहुन्छ । केही वर्षअघिसम्म तोरीकै तेलले वर्षभर खान पुग्ने भए पनि पछिल्लो समय घरको उत्पादनले पनि नपुगेपछि बजारबाट खरिद गर्न थालेको विष्ट बताउनुहुन्छ ।
ग्रामीण क्षेत्रमा पनि खेती नगर्ने र तेल बजारबाट किनेर ल्याउन थालेपछि तेल मिल विस्थापित हुन थालेका छन् । अहिले बजारमा प्रतिलिटर तोरीको तेलको मूल्य झण्डै चार सय रुपैयाँ पुगेको छ । दाङमा तोरी धेरै खेती हुने भएकाले माहुरीको चरनका लागि अरु जिल्लाबाट यहाँ माहुरीसमेत ल्याउने गरिएकोमा पछिल्लो समय तोरी छर्ने जमिन केही बाँझै छन् भने केही जग्गा खण्डीकरण भइसकेका छन् ।
दाङमा अहिले झण्डै १७ हजार हेक्टर क्षेत्रफलमा मात्रै तोरी खेती हुने गरेको छ । उज्यालो
November 21, 2022 3:24 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
