कुवेतमा तिन किरातीद्वारा आयोजित उधौली साकेला कार्यक्रमको सम्पुर्ण तयारि
कुवेत / कुवेतका तिन किराती संस्था किरात याक्थुङ चुम्लुङ कुवेत, किरात राई यायोक्खा कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा मनाउन गइरहेको साकेला उधौली चाड कार्यक्रमका सम्पूर्ण तयारी पुरा भएको किरात राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित चाम्लिङ राईले परदेशी खबरलाई जानकारी दिएका छन् l
“भाषा, संस्कार र संस्कृतिको संरक्षण! किरातिहरुको साझा अभियान!!” भन्ने मुल नाराका साथ यी तीन किराती संस्थाहरुलेआगामि ९ डिसेम्बर शुक्रवारका दिन संयुक्तरुपमा आयोजना गरिएको किरातीहरुको महान चाड साकेला उधौली, चासोक ताङ्नाम र रापवा स्यादर पिदार तथा येले दोङ,येले तम्बे,येले थोचे ५०८२
कार्यक्रममा स्थानिय कलाकारहरुको साथमा बिभिन्न संस्कृतिक झाँकीका साथ धुमधामले मनाउने गरि तयारिमा जुटेको अध्यक्ष राईले बताएका छन्।
उक्त कार्यक्रममा कुवेतमा कार्यरत किरातीहरुलाई आफ्नो भेषभुषामा सजिएर आफ्नो मौलिक नृत्यमा सहभागिता जनाई चाड मनाउन र गैर किराती दिदीबहिनी तथा दाजुभाइहरु लगाएत मिडियाकर्मीहरु, संघ संस्थाहरु, बुद्धिजीवी, समाजसेवी, खेलाडी, कलाकारहरुको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरेका छन् साथै सम्पूर्ण संस्था तथा मिडियाकर्मी, समाजसेवी, बुद्धिजवी ज्यूहरुलाई पत्राचार गरिसकेको र कहीं कतै भुल भइ छुट्न गएको खण्डमा यहि समाचारलाई आधार मानी गरिमामय उपस्थितिको लागि किराया कुवेतका अध्यक्ष मन्जित चाम्लिङ राईले सम्पूर्णलाई आग्रह गरेका छन् l
कार्यक्रमको विवरण
मिति: ९ डिसेम्बर २०२२
समय: बिहान १२ बजे
स्थान: कोहिनुर इन्टरनेस्नल होटेल फाहाहिल
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..