साेलुखुम्बुकाे पत्तालेमा व्यावसायिक स्याउ खेती गर्दै युवा, मनग्य आम्दानी
सोलुखुम्बु – सोलुदूधकुण्ड नगरपालिका-८ पत्तालेका युवाहरुले स्याउ खेतीबाट मनग्य आम्दानी लिन थालेका छन्। यस क्षेत्रका आठ जना युवाहरुले करिब दुई वर्षअघिदेखि सामूहिक रुपमा सुरु गरेको व्यावसायिक स्याउ खेतीबाट अहिले राम्रो आम्दानी लिन थालेका हुन् ।
आफूहरुले कृषि एग्रो टुरिजम डेभलपमेन्ट फर्म मार्फत् १ सय ८६ रोपनी जग्गामा १८ हजार स्याउको बिरुवा रोपेको फर्म सञ्चालक कर्म शेर्पाले बताउनुभयो ।
इटलियन जातको स्याउबाट यस आर्थिक वर्षमा ५ लाख रुपैयाँभन्दा बढी आम्दानी भएकाे सञ्चालक शेर्पाको भनाइ छ। पहिलो पटक उत्पादन भएको स्याउ २ महिना अघिसम्म घुम्न आउनेहरुले फार्ममै आएर किनेकाले बजार खोज्न नपरेको शेर्पाले बताउनु भयाे ।
आउँदाे दिनमा स्याउबाट जुस, जाम लगायत उत्पादन गर्ने उनीहरुकाे योजना छ । आलु मात्रै उत्पादन हुने पत्ताले क्षेत्रमा युवाहरु मिलेर सुरुमा १ करोड रुपैयाँ लगानीमा ३ हजार स्याउको बिरुवा राेपेका थिए । अहिले बगैँचामा १८ हजार बिरुवा पुगेकाे उनीहरुले बताएका छन्।
आलु खेतीबाट भन्दा स्याउबाट राम्रो आम्दानी लिन सकिने भएकाले यसतर्फ लागेको उनीहरुको भनाइ छ । उनीहरुले नेपाल सरकार अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट ५५ लाख ६२ हजार रुपैयाँ अनुदान समेत प्राप्त गरेका थिए । यसरी सरकारले प्रदान गरेको अनुदानले आफूहरुलाई झन् उत्साहित बनाएकाे सञ्चालक शेर्पाले बताउनु भयाे ।
उहाँले भन्नुभयोे, ‘आलुभन्दा स्याउबाट धेरै फाइदा रहेछ, युवाहरु मिलेर जुनसुकै व्यवसाय गरे पनि राम्रै आम्दानी लिन सकिने रहेछ, स्याउखेतीबाट हामी त धेरै सन्तुष्ट छौँ ।’ झण्डै २८ सय मिटरको उचाइमा पर्ने पत्ताले क्षेत्रमा यसअघि व्यावसायिक रुपमा स्याउ खेती गरिएको थिएन । आलुका लागि प्रख्यात पर्यटकीय गाउँ पत्तालेलाई स्याउ उत्पादन हुने क्षेत्रको रुपमा विकास गर्ने योजना रहेको युवा कृषकहरुले बताएका छन् । उज्यालो
December 11, 2022 12:05 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने
टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो