साेलुखुम्बुकाे पत्तालेमा व्यावसायिक स्याउ खेती गर्दै युवा, मनग्य आम्दानी
सोलुखुम्बु – सोलुदूधकुण्ड नगरपालिका-८ पत्तालेका युवाहरुले स्याउ खेतीबाट मनग्य आम्दानी लिन थालेका छन्। यस क्षेत्रका आठ जना युवाहरुले करिब दुई वर्षअघिदेखि सामूहिक रुपमा सुरु गरेको व्यावसायिक स्याउ खेतीबाट अहिले राम्रो आम्दानी लिन थालेका हुन् ।
आफूहरुले कृषि एग्रो टुरिजम डेभलपमेन्ट फर्म मार्फत् १ सय ८६ रोपनी जग्गामा १८ हजार स्याउको बिरुवा रोपेको फर्म सञ्चालक कर्म शेर्पाले बताउनुभयो ।
इटलियन जातको स्याउबाट यस आर्थिक वर्षमा ५ लाख रुपैयाँभन्दा बढी आम्दानी भएकाे सञ्चालक शेर्पाको भनाइ छ। पहिलो पटक उत्पादन भएको स्याउ २ महिना अघिसम्म घुम्न आउनेहरुले फार्ममै आएर किनेकाले बजार खोज्न नपरेको शेर्पाले बताउनु भयाे ।
आउँदाे दिनमा स्याउबाट जुस, जाम लगायत उत्पादन गर्ने उनीहरुकाे योजना छ । आलु मात्रै उत्पादन हुने पत्ताले क्षेत्रमा युवाहरु मिलेर सुरुमा १ करोड रुपैयाँ लगानीमा ३ हजार स्याउको बिरुवा राेपेका थिए । अहिले बगैँचामा १८ हजार बिरुवा पुगेकाे उनीहरुले बताएका छन्।
आलु खेतीबाट भन्दा स्याउबाट राम्रो आम्दानी लिन सकिने भएकाले यसतर्फ लागेको उनीहरुको भनाइ छ । उनीहरुले नेपाल सरकार अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट ५५ लाख ६२ हजार रुपैयाँ अनुदान समेत प्राप्त गरेका थिए । यसरी सरकारले प्रदान गरेको अनुदानले आफूहरुलाई झन् उत्साहित बनाएकाे सञ्चालक शेर्पाले बताउनु भयाे ।
उहाँले भन्नुभयोे, ‘आलुभन्दा स्याउबाट धेरै फाइदा रहेछ, युवाहरु मिलेर जुनसुकै व्यवसाय गरे पनि राम्रै आम्दानी लिन सकिने रहेछ, स्याउखेतीबाट हामी त धेरै सन्तुष्ट छौँ ।’ झण्डै २८ सय मिटरको उचाइमा पर्ने पत्ताले क्षेत्रमा यसअघि व्यावसायिक रुपमा स्याउ खेती गरिएको थिएन । आलुका लागि प्रख्यात पर्यटकीय गाउँ पत्तालेलाई स्याउ उत्पादन हुने क्षेत्रको रुपमा विकास गर्ने योजना रहेको युवा कृषकहरुले बताएका छन् । उज्यालो
December 11, 2022 12:05 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग