महानगरले डबली सभ्यतालाई पुनर्जागरण गर्छ : मेयर शाह
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगरले डबली सभ्यतालाई पुनर्जागरण गर्ने बताउनुभएको छ ।
आज बिहीवार काठमाण्डौ महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाहले महानगरले काठमाण्डौ उपत्यकाभित्र डबली सभ्यतालाई पुनर्जागरण गर्न लागेको बताउनुभएको हो । उहाँले उपत्यकाभित्र रहेका डबलीहरूलाई जनचेतनामूलक कार्यक्रम गर्न प्रयोग गरिने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘काठमाण्डौ महानगरपालिकाले सप्ताहव्यापी महानगर दिवस मनाउँदै गर्दा विभिन्न कुरालाई एउटा सिम्बोलको रूपमा देखाउन चाहेको छ । उदाहरणको रूपमा हामीले हाम्रो डबली सभ्यतालाई पुनर्जागरण गर्न लागेका छौँ । उपत्यकाभरि र काठमाण्डौ महानगरभरि रहेका डबलीमा साङ्गीतिक कार्यक्रमदेखि लिएर नाटक मञ्चन हुने गर्दथ्यो । त्यसलाई फेरि पुनर्जागरण गर्नुपर्छ ।’
मेयर शाहले संस्कृतिलाई जगेर्ना गर्नका निम्ति नयाँ पुस्तामा हस्तान्तरण गर्दै जानुपर्ने बताउनुभयो । मौलिक बाजाहरूलाई अभिलेखीकरण गर्दै नयाँ पुस्तालाई पनि सिकाउँदै जानुपर्नेमा उहाँले जोड दिनुभयो ।
शाहले काठमाण्डौ महानगरपालिकाबाट गरिने सेवा प्रवाहलाई डिजिटलाइज गर्न सुरु गरिएको बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य र पूर्वाधारलगायतका क्षेत्रमा छिमेकी पालिका र सबै तहको सरकारसँग सहकार्य गर्दै अगाडि बढेको बताउनुभयो । काठमाण्डौ महानगरलाई सांस्कृतिक सहर बनाउने सपना पूरा गरेरै छोड्ने उहाँले उल्लेख गर्नुभयो । उज्यालो
December 15, 2022 5:52 pm | रोचक,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग