कुवेत- नेपाली परोपकार समाज (NFH) गुर्पले यहि जनवरी १९ तारिक आफ्नो दोस्रो वार्षिक उत्सव तथा तेस्रो साधारण सभा सम्पन्न गर्न गईरहेको छ।
प्रवासमा रहने नेपालीहरु एक हुनु पर्छ भन्ने मान्यता राख्दै ,कोभिड १९ को महामारीले विश्व आतंकित भईरहेको बेला प्रवासमा बस्ने धेरै नेपाली दाजुभाई दिदीबहिनिहरु पनि सो प्रकोपबाट ग्रसित भईरको अवस्थामा कुवेतमा रहनुभएका प्रवासी नेपाली परोपकारी मनहरु मिलेर नेपाली परोपकार समाज सन् २०२० मा कुवेतमा धिरेन्द्र राज सुवेदीको अध्यक्षतामा स्थापना भएको हो।
नेपाल, कुवेत, साउदी र केही युरोपियन देशमा कार्यरत नेपाली दाजुभाईहरु मिलेर आफ्नो सिप र कला र आर्जनलाई आफ्नै देशमै लगानी गर्ने र तेसबाट आएको मुनाफाको हिष्सालाई मानव परोपकार कार्यमा लगाउने उदेश्यले स्थापना भएको सो समाजले परोपकार कार्यमा ठुलो योगदान दिदै आईरहेको छ।
यो समाजले प्रवासमा अलपत्र परेका आफ्ना नेपाली नागरिकहरुको उद्दार र राहत कार्यहरुमा नेपाली दुताआवस, गैरआवशिय नेपाली संघ र कुवेतमा विध्यमान बिभिन्न संघसंथाहरुसंग सहकार्य गर्दै परोपकारी कार्यमा टेवा दिदै आईरहेको छ।
हाल कुवेत नेपाल र युरोपियन देशमा कार्यरत २०० भन्दा बढी नेपालीहरु समाजसंग आवद्द छन् ।
भविष्यमा सिपमुलक प्रवासी नेपालीहरुको शिप र लगानीमा स्वदेशमै उद्योग कलकारखाना र आयमुलक व्यावसाय गर्ने र विदेशबाट फर्कने दाजुभाई दिदीबहिनिहरुलाई स्वदेशमै रोजगारको अवसर प्रदान गर्ने उदेश्य लिएको छ।
परोपकार क्षेत्रमा काम गर्दै आईरहेको यो समाजले यहि अाउदाे जनवरी १९ तारिक कुवेतको फाहिल स्थित विश्व अन्तराष्ट्रिय नेपाली रेस्टुरेन्ट र नेपालको लागि काठमाण्डौ स्थित प्रवासी नेपाली होटलमा एकसाथ दोस्रो वार्षिक उत्सोव तथा तेस्रो साधारण भेला हुन लागेकाे जानकारी जानकारी नेपाली परोपकार समाज कुवेतका महासचिव श्री कृष्ण बा. भुजेलले जानकारी दिए।
कार्यक्रम हुने स्थान
मिति : २०२३ जनवरी १९
समय : ५ बजेदेखि बेलुकादेखि १० बजेसम्म
स्थान : विश्व अन्तराष्ट्रिय नेपाली रेस्टुरेन्ट फाहिल
आयोजक : नेपाली परोपकार समाज कुवेत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन