

टिकटक लाइभमा जुवा खेलाउने ४ जना पक्राउ

काठमाण्डाै – भिडियाे शेयरिङ एप टिकटकमा लाइभमा आएर जुवा खेलाउने चार जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा दाङ राप्ती गाउँपालिका ३ घर भइ ललितपुर महानगरपालिका १७ ग्वार्को बस्ने २१ वर्षीय ऋषि प्रकाश योगी, भक्तपुर सूर्यविनायक नगरपालिका १० का २७ वर्षीय कपिल गिरी, मध्यपुर थिमि नगरपालिका ६ घर भइ मध्यपुर १ २१ वर्षीय प्रेम कठायत र कैलाली गौरीगंगा नगरपालिका ६ घर भइ मध्यपुर थिमि बस्ने २० वर्षीय डिल्लीराज अवस्थी छन् ।
उनीहरूले काठमाण्डाै उपत्यकाभित्र आफ्नाे ई–सेवा लगायतका डिजिटल वालेटमा विभिन्न व्यक्तिहरूलाई पैसा जम्मा गर्न लगाइ जुवा खेलाउने गरेकाे भन्ने सूचनाकाे आधारमा पक्राउ गरेकाे काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ । उनीहरूलाई गएकाे मङ्गलवार काठमाण्डाै उपत्यकाका ग्वार्को, सूर्यविनायक, लोकन्थली लगायतका ठाउँबाट पक्राउ गरिएकाे कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद काेइरालाले जानकारी दिनुभयाे ।
पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा १ बमोजिमको कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर प्रहरी वृत्त जगाती र ठिमी पठाइएको प्रहरीले जनाएकाे छ । उज्यालो
January 12, 2023 11:51 pm | अपराध
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

तमू समाज कुवेतद्वारा नवौं रक्तदान कार्यक्रम सम्पन्न, १२९ जनाले रक्तदान गरे

विश्व कप प्रवेशको लागि ग्लोबल छनौटमा पर्न सफल महिला क्रिकेट टोली स्वदेश फर्कियो

निरन्तर घट्दो नाफाले टेलिकम सेवा प्रदायकहरू सङ्कटतर्फ

सिंहदरबारबाट सुमना-सागरको फेसबूक लाइभ : तीन ठूला पार्टी ‘विरुवा’ मास्न जोडतोडले लागिरहेका छन्

कर्णाली प्रदेशबाहेक देशका सबैजसो ठाउँमा बिहानैदेखि वर्षा :अबका तीन दिनसम्म नै पानी पर्ने सम्भावना

जलस्रोत विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द

हावाहुरीले रुख ढल्दा च्यापिएर सुनवलमा २ जनाकाे ज्यान गयाे

