पाकिस्तानमा देशभर विद्युत् सेवा बन्द, जनजीवन प्रभावित
पाकिस्तानमा देशभर विद्युत् सेवा बन्द भएको छ । बिहान साढे सात बजे राष्ट्रिय ग्रिडमा समस्या आएपछि देशभर विद्युत् सेवा बन्द भएको पाकिस्तानको ऊर्जा मन्त्रालयलले विज्ञप्ति निकालेर जनाएको छ ।
अहिले पनि सबैभन्दा ठूलो सहर कराँची, राजधानी इस्लामावाद लगायत लाहोर, पेशावर लगायतका सहरमा विद्युत् सेवा बन्द रहेको बीबीसीले जनाएको छ ।
पाकिस्तानको बिजुली वितरण प्रणाली नाजुक र जोखिमपूर्ण रहेको कारण ग्रिडको एक भागमा आएको समस्याले देशभरी सेवा बन्द गर्नुपर्ने अवस्था रहेको खबरमा उल्लेख छ ।
पछिल्लो दुई वर्षमा देशभर तीन घण्टाभन्दा धेरै समय विद्युत् सेवा बन्द भएको आज दोस्रोपटक हो । यसैबीच संसद भवनमा विद्युत् आपूर्ति बन्द भएपछि पाकिस्तानको राष्ट्रिय सभाको कार्यालय र सिनेट सचिवालय तीन दिनका लागि बन्द गरेको बीबीसीले जनाएको छ ।
सिनेटका अध्यक्ष र राष्ट्रिय सभाका सभामुखले जतिसक्दो चाँडो काम गर्न र सावधानी अपनाउन अधिकारीहरूलाई आग्रह गर्दै आज बेलुका ४ बजेदेखि बुधवार बिहान ११ बजेसम्मका लागि हुने सबै बैठकहरू स्थगित गर्नुभएको छ । उज्यालो
January 23, 2023 4:23 pm | अर्थ,टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला