Saturday 19th April 2025

तमू समाज कुवेतको पहलमा उपचारत दुई जान चेलीलाई रगत उपलब्ध ।

2 years अगाडी

 कुवेत । “रगतदान जीबनदान” मुटुको बिरामी भएर अदान हस्पिटलमा उपचारत गराई रहनु भएकी चेली अन्जान लिम्बु र सबाह मेटर्निटी हस्पिटलमा उपचारत गराई रहनु भएकी निर्मला गुरुङलाई उपचारको क्रममा शल्यक्रिया गर्नुपर्ने अवस्था आएको र डाक्टरद्वारा तुरुन्तै (ब्लड) उपलब्ध गराउन पर्ने सुझाब भएकोले बिरामीहरुको आफन्तजनबाट तमू समाजका पुर्ब अध्यक्ष तथा बरीष्ट सल्लाहकार समाजसेवी खोप गुरुङलाई जानकारी गराउनु भएकोले बिरामीहरुको अवस्था बुझि सेन्टर ब्लड बैंक कुवेत सँग समन्वय गरि तुरुन्तै माग भए बमोजिमको रगत उपलब्ध गराइएको थियो। उपलब्ध रगत पस्चात उहाँहरु दुबै जनाको शल्यक्रिया सफल भई हाल उहाँहरुको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको निज गुरुङले जानकारी दिनु भएको छ।

वास्तवमा ‘रक्त दान जीवन दान’ नै हो,यस भन्दा पहिले पनि तमू समाजको पहलमा (१९) जाना भन्दा बढी बिरामीलाई ब्लड उपलब्ध गराई उपचारमा सहयोग पु-याउन सफल भएको छ । हामी प्रदेशको भुमिमा कसैलाइ पनि रगत उपलब्ध गराउन पर्ने स्थिती नआओस भन्ने कामना गर्दछौ तर यदि कसैलाई भैपरी आई रगतको आवस्यकता परेमा तमू समाज कुबेतका सदस्यहरुलाई सम्पर्क गर्नु सक्नु हुने जानकारी गराउदछौ ।

कामना गरौ, उपचारत दुबै जना चेलीहरुलाई यथाशिग्र स्वास्थ्यलाभ मिली आ-आफ्नो कार्यकक्षमा फर्कन सकुन ।

          February 6, 2023 3:03 am | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...