मिथिलामा महाशिवरात्रि
धनुषा – महाशिवरात्रिको अवसरमा जनकपुरधामको शिवालयहरुमा भक्तजनहरुको भीड लागेको छ । व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनहरूले शुद्ध भइ शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।
निर्जला व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । र यी सबै कार्य जनकपुरधामको भूतनाथ मन्दिरमा हुने गरेको भूतनाथ मन्दिरका संस्थापक पवन सिंघानियाले बताउनुभयाे ।
मिथिलामा प्राचीनकालदेखि नै शिवको पूजा हुँदै आएको छ । राजा जनकले जनकपुरधामको चार कुनामा शिवलिंग स्थापित गरेको मिथिला महात्म्यमा उल्लेख रहेको छ । शिवलिंग स्थापना गरेका स्थानहरुमा जलेश्वरनाथ, क्षीरेश्वरनाथ, सतोषर र कलाणेश्वर स्थान रहेको छ ।
शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामाकरण भएको यो पर्वलाई हिन्दू संस्कृतिमा अत्याधिक महत्त्व रहेको छ । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आँशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । उज्यालो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन