तपाईको स्वास्थ्य अवस्था कस्तो छ ?जिब्रोको रंग हेरे थाहा पाउनुहोस्
एजेन्सी । हाम्रो शरीरले विभिन्न रोगको संकेत देखाइरहेको हुन्छ। त्यस्ता संकेत देखिएमा तुरुन्तै सावधानी नअप्नाउँदा स्वास्थमा गम्भिर समस्या समेत निम्तिन सक्छ। जिब्रोको काम स्वाद लिने हो तर यसको रंगले पनि स्वास्थ्य अवस्था बारे जानकारी लिन सकिने अनुसन्धानले लेखाएको छ। आज हामी तपाईलाई जिब्रोको रङ हेरेर स्वास्थ्य अवस्था कसरी थाहा पाउने भन्ने बारे जानकारी दिदैछौँ।
यसरी थाहा पाउनुहोस् जिब्रोको रंग हेरेर स्वास्थ्य अवस्था
१. गुलाबी र नरम : यदि तपाईंको जिब्रोको रंग गुलाबी छ र सधैं नरम हुन्छ भने स्वास्थ्यमा कुनै खराबी छैन । त्यसमा कुनै दाग-धब्बा देखिनु हुँदैन ।
२. गाढा रातो : जिब्रोको गाढा रातो रंगले संकेत गर्छ कि, तपाईको रगतको तापमान बढी छ । कुनै संक्रमण, चोटपटक छ वा ज्वरो आएको छ भने पनि जिब्रो गाढा रातो हुन्छ । भिटामिनको कमीले पनि जिब्रोको रंग रातो हुनसक्छ ।
३. सुख्खा पहेंलो : जिब्रोको रंग पहेंलो छ र सुख्खा पनि छ भने तपाईंमा थकान, कमजोरी, अनिद्राको संकेत गर्छ । त्यस्तै, आन्द्रामा समस्या हुँदा पनि जिब्रोको रंग पहेंलो तथा सुख्खा हुने गर्छ । जण्डिस भएको अवस्थामा समेत जिब्रोको रंग पहेंलो हुन्छ ।
४. जिब्रोको दाँया-बाँया रातो : पेट तथा आन्द्राको समस्या छ भने त्यसको प्रभाव जिब्रोमा देखिन्छ । यदि तपाईंको आन्द्रामा समस्या छ भने जिब्रोको दाँया-बाँया भाग रातो हुन्छ । जिब्रोको अगाडि वा टुप्पोको भागमा रातो छ भने रजोनीवृत्ति तथा मानसिक समस्याको कारण पनि हुनसक्छ ।
५. सेतो : यदि तपाईंको जिब्रोको छाला सेतो छ, सेतो वा पहेंलो काई लागेको छ भने थाहा पाउनुस्, तपाईंलाई चिसो तथा भाइरलको संक्रमण हुनसक्छ ।
नोट: चुरोटको सेवन, औषधि, मुखको सफाइ नहुनु जस्ता कारणले जिब्रो कालो हुन्छ । एन्टिबायोटिक लिएपछि ब्याक्टेरिया परिवर्तनले पनि जिब्रो कालो हुन्छ ।
July 12, 2018 11:12 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण