Sunday 17th May 2026

किरात राई यायोक्खा कुवेतको तेश्रो अधिवेसनको सम्पुर्ण तयारि पुरा

3 years अगाडी

कुवेत ,/ किरात राई यायोक्खा कुवेतले आफ्नो तेश्रो अधिवेशन आउदो मार्च १७  शुक्रवारको दिन गर्ने भएको छ।

प्रवासमा रहेर आफ्नोभाषा, धर्म संस्कार सांस्कृतिकको संरक्षण, किरात राईहरुको साझा अभियानभन्ने मुल नाराका साथ  २०१४मा स्थापना भएको किरात राई जातिहरुको जातिय संस्था किरात राई यायोक्खा कुवेतले फाहाहील स्थित कोहिनोर इन्टरनेशनलहोटलमा बिभिन्न सांस्कृतिक, कार्यक्रम स्थानिय कलाकारहरुको  प्रस्तुतिका साथमा तेश्रो अधिवेशन गर्ने किराती यायोक्खा कुवेतका  अध्यक्ष मन्जित चाम्लिङ राईले जानकारी दियका छ्न

उक्त  कार्यक्रममा कुवेतबासी सम्पुर्ण नेपाली जनसमुदाय बुद्धिजीवी, समाजसेवी, खेलाडी, पत्रकार, कलाकार लगायत सम्पुर्ण जनसमुदाय हरुलाइ गरिमय उपस्थितीको लागि  अध्यक्ष राईले नीमन्त्रण गर्नु भयको

कार्यक्रम हुने:-

मिती : १७ मार्च २०२३
समय : बिहान ११ बजे
स्थान : कोहिनोर इन्टरनेशनल होटल फाहाहिल सनैया, कुवेत।

          March 7, 2023 2:43 am | लोकप्रिय


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...