एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने
काठमाण्डाै – नेकपा एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ ।
शनिवार आज पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताउनु भएकाे हाे।
बाग्मती प्रदेशकी पूर्व मुख्यमन्त्री शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री समेत हुनुहुन्छ । चैत ३ गते हुने उपराष्ट्रपति पदको चुनावका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।
ज्ञवालीले गाउँपालिका, नगरपालिकादेखि नै अध्यक्ष/उपाध्यक्ष, मेयर/उपमेयरमध्ये एक जना महिला अघि सारेको सन्दर्भलाई लिएर राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एकजना महिला हुनुपर्ने कुरालाई अन्देखा गर्न नमिल्ने बताउनु भयो । उहाँले पुरुषलाई नै दुई वटै पदमा उठाउने कुरा संविधान विपरीतको कुरा भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो बैठक एउटा मात्रै एजेण्डामा केन्द्रित थियो । चैत्र ३ गते हुने उपराष्ट्रपतिका लागि पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेका छौँ । हामीले तल गाउँपालिका, नगरपालिकादेखि नै अध्यक्ष/उपाध्यक्ष, मेयर/उपमेयरमध्ये एक जना महिला अघि सारेका छौँ । पुरुषलाई नै दुई वटैमा उठाउने कुरा संविधान विपरीतको कुरा हो । त्यसो गर्न मिल्दैन ।’
उपराष्ट्रपति पदका लागि आज निर्वाचन आयोगले उम्मेदवारी दर्ताको समय दिएको छ। उज्यालो
March 11, 2023 1:21 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।