७ महिनामा ६ खर्ब ९० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, ४ लाख ८२ हजार जनाले श्रम स्वीकृति लिए
काठमाण्डाै – चालु आर्थिक वर्ष २०७९/०८० काे सात महिनामा नेपाल भित्रिने विप्रेषण (रेमिट्यान्स) बढेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार सात महिनामा रेमिट्यान्स २७ दशमलव एक प्रतिशतले वृद्धि भई छ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सात महिनामा रेमिट्यान्स चार दशमलव चार प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स १६ दशमलव चार प्रतिशतले बढेर पाँच अर्ब ३० करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह पाँच दशमलव तीन प्रतिशतले घटेको थियो ।
सात महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ५७ दशमलव तीन प्रतिशतले वृद्धि भई तीन लाख १४ हजार सात सय ६७ जना पुगेको छ ।
त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या सात महिनामा १० दशमलव एक प्रतिशतले वृद्धि भई एक लाख ६७ लाख सात सय आठ जना पुगेको छ । अघिल्लो वर्षको सात महिनामा यस्तो सङ्ख्या दुई सय ६६ प्रतिशतले बढेको थियो । उज्यालो
March 12, 2023 3:59 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग