७ महिनामा ६ खर्ब ९० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, ४ लाख ८२ हजार जनाले श्रम स्वीकृति लिए
काठमाण्डाै – चालु आर्थिक वर्ष २०७९/०८० काे सात महिनामा नेपाल भित्रिने विप्रेषण (रेमिट्यान्स) बढेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार सात महिनामा रेमिट्यान्स २७ दशमलव एक प्रतिशतले वृद्धि भई छ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सात महिनामा रेमिट्यान्स चार दशमलव चार प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स १६ दशमलव चार प्रतिशतले बढेर पाँच अर्ब ३० करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह पाँच दशमलव तीन प्रतिशतले घटेको थियो ।
सात महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ५७ दशमलव तीन प्रतिशतले वृद्धि भई तीन लाख १४ हजार सात सय ६७ जना पुगेको छ ।
त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या सात महिनामा १० दशमलव एक प्रतिशतले वृद्धि भई एक लाख ६७ लाख सात सय आठ जना पुगेको छ । अघिल्लो वर्षको सात महिनामा यस्तो सङ्ख्या दुई सय ६६ प्रतिशतले बढेको थियो । उज्यालो
March 12, 2023 3:59 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :