राप्रपाले उपराष्ट्रपति चुनावमा पनि मतदान नगर्ने
काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपराष्ट्रपति चुनावमा पनि तटस्थ बस्ने निर्णय गरेको छ । यसअघि राष्ट्रपति चुनावमा पनि कसैलाई मत नदिएको राप्रपाले पर्सि शुक्रवार हुने उपराष्ट्रपति चुनावमा पनि मतदान नगर्ने भएको हो ।
पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि विज्ञप्ति निकालेर राप्रपाले मतदान नगर्ने जानकारी गराएको हो ।
उपराष्ट्रपति चुनावमा चार जना उम्मेदवार रहेका रहेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले जनता समाजवादीका उम्मेदवार रामसहायप्रसाद यादवलाई सघाउने बताइसकेका छन् । एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ । जनमत पार्टीकी उम्मेदवार ममता झालाई लोसपा र नागरिक उन्मुक्तिले सघाउने निर्णय गरेका छन् । जसपाकी प्रमिलाकुमारी यादवले यसअघि नै विज्ञप्ति निकालेर आफ्नो उम्मेदवारी निष्क्रिय भएको जानकारी गराउनुभएको छ ।
राप्रपाबाट प्रतिनिधि सभामा १४ र प्रदेश सभामा २८ जना सांसद छन् । उज्यालो
March 15, 2023 6:00 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप